भर्खरै

संघको १५ औं वार्षिक साधारण सभा एवं वृहत वनभोज कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : सोम, पौष १५, २०८१
  • - भीमलाल श्रेष्ठ / विद्युत संसार संवाददाता
title
काठमाडौं, १५ पुस । नेपाल इलेक्ट्रिसियन संघ काठमाडौंको १५ औं वार्षिक साधरण सभा एवं वृहत वनभोज कार्यक्रम सम्पन्न भएको छ । संघले पुस १३ गते त्रिभुवन पार्क थानकोटमा आयोजना गरिएको साधरण सभा एवं वनभोज कार्यक्रम सम्पन्न गरेको छ । 
  
कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले महासंघको विधान संसोधन गरी नेपाल इलेक्ट्रिसियन संघ, इन्जिनियर एसोसियशन, कन्ट्याक्टर एशोसिएशनहरुलाई बस्तुगत संघबाट महासंघमा आवद्धता गराउन पहल गर्ने जनाकारी दिनुभयो । उहाँले नेपाल इलेक्ट्रिसियन संघले गुणस्तरीय सामानहरुको प्रर्वृद्धनमा सहयोग गर्न आग्रह  समेत गर्नुभएको थियो ।
 
अध्यक्ष प्रसाद देवकोटाले महासंघले महानगर वडा तह सम्म इलेक्ट्रिक नक्सा पास कायम गराई अगाडी बढ्नुपर्नेमा सुझाव दिनुभयो । संघको दररेट अनुसार काम गरि स्वस्थ्य प्रतिस्पर्धात्मक बजारमा गुणस्तरी काम गर्न समेत जोड दिनुभयो ।
 
कार्यक्रममा आफ्नो भनाई राख्नुहुदै ्कार्यक्रमका विशेष अतिथी काठमाडौं विद्युतीय व्यवसायी संघका अध्यक्ष दिवेस जैनले काठमाडौं विद्युतीय व्यवसायी संघ र नेपाल इलेक्ट्रिसियन संघ एक सिक्काको दुई पाटा रहेको बताउनु भयो । उहाँले काठमाडौं विद्युतीय व्यवसायी संघ र नेपाल इलेक्ट्रिसिन संघले गुणस्तरीय सामाग्रीहरू प्रयोग गराउन सहयोग गर्नु पर्ने र संघको इलेक्ट्रिसियनहरुको परिचय पत्रको आधारमा काम गरी विश्वसनियता बढाने कुरामा जोड दिनुपर्ने बताउनुभयो । 
 
कार्यक्रममा संघका सल्लाहाकार प्रभाकार पुरीले संघले आयोजना गरेको १५ औ वार्षिक साधारणसभा एवं वृहत बनभोज कार्यक्रम सफलताको शुभकामना दिदै अगाडि बढ्न र राम्रो कार्यहरुको निरन्तरता दिन सुझाव दिनुभएको थियो । 
 
कार्यक्रममा नेपाल इलेक्ट्रिसियन संघका अध्यक्ष दामोदर प्याकुरेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरी संघको गरिमा बढाउने कार्यहरु देउसी भैलो कार्यकमबाट उठेको आर्थिक रकम बाट संघको आकस्मिक कोष संचालन गरेको, सामाजिक कार्य अन्र्तगत रक्तदान कार्यक्रम सम्पन्न गरेको, संघको वेभवसाईट एवं एनईए एप संचालनमा ल्याएको ,संघको गतिविधी सम्बन्धी समस्या तथा सुझाबहरुको लागि संघको ह्राट्सएप, भाईबरबाट सुझाव दिन सकिने जानकारी कार्यक्रममा गराउनु भयो ।
 
त्यस्तै कार्यक्रममा अतिथिहरुको रुपमा संघका पूर्वअध्यक्ष मुकेश केसी, भीमलाल श्रेष्ठ सल्लाहाकार हरिराज वाग्ले ,प्रभाकर पुरी,काठमाण्डौं विद्युतीय व्यवसायी संघका अतिथीहरु क्रमशः उपाध्यक्ष मिलन शिवाकोटी,सचिव श्रीलाल श्रेष्ठ,लेखापरीक्षक विण्णु प्रसाद पौडेल लगायत विभिन्न कम्पनीको प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो । 
संघको १५ औं वार्षिक साधरण सभा एवं वृहत वनभोज कार्यक्रम प्रायोजकमा प्राइम केवल इण्डष्ट्रिज प्रालिबाट २२५ थान व्याग, पायोनिर केवलबाट स्टल बुकिङ सहित नयाँ केबल को प्रर्दशन जस्मा एक हजार सेन्टिग्रेटको तापक्रममा केबल आधा घण्टा सम्म पनि नजल्ने केबलको लन्चिङ्गगरेको थियो ।
त्यसैगरि प्रयोजक कम्पनीहरु  प्रिमियर वार्यस प्रा.लि, अरिहन्त ग्रीन इनर्जी प्रा.लि., टोटल इलेक्ट्रिकल्स सप्लार्य, नव प्रभात इलेक्ट्रिकल्स,मेगा लाईट्स, शिखर केवल इण्डष्ट्रिज प्रा.लि, शुप्रभात इलेक्ट्रिकल्स र लुम्बिनी उद्योग प्रालिको लिटमस केवलहरुको सहभागिता रहेको थियो ।
 
सो कार्यक्रममा एसईई सम्मान एवं नगद बितरण, देउसी भैलोमा आर्थिक सहयोगीहरुलाई सम्मान, भाग्यशाली उपहारका साथै विभिन्न कम्पनीहरुले दिएको उपहार लक्की ड्र मार्फत सय भन्दा बढी उपस्थितहरुलाई उपहार वितरण समेत गरिएको थियो ।
 
कार्यक्रममा केही व्यवसायी (कम्पनी)हरुले आफ्नो प्रोड्क्टको स्टल समेत राखिएको थियो । कार्यक्रम संचालक सहसचिव सन्तोष बस्नेतले गर्नुभएको थियो भने कार्यक्रममा करिव ३०० भन्दा बढि इलेक्ट्रिसिन तथा व्यवसायीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago