भर्खरै

संघद्धारा प्रारम्भीक मतदाता नामावली प्रकाशित

  • प्रकाशित मिति : सोम, पौष २२, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौ, २२ पुस । काठमाडौं विद्युतीय व्यवसायी संघको पन्ध्रौं वार्षिक साधारण सभा एवं आठौं अधिवेशन नजिकिदै गर्दा चुनावी माहोल बढेको छ ।
 
संघले यही पुस २७ गते सुर्य इभेन्ट धुम्बराही चावहिलमा हुने सो कार्यक्रमले नयाँ कार्यसमिति पनि चयन गर्ने छ । 
 
काठमाडौं विद्युतीय व्यवसायी संघलाई निरन्तरता प्रदान गर्न निर्वाचन कार्यक्रम पनि रहेकोले यस निर्वाचन समितिको मिति पुष २१ गते आइतबार बसेको दोस्रो बैठकले निर्वाचन कार्यक्रमको लागि प्रारम्भीक मतदाता नामावली प्रकाशन गरेको छ ।
 
पन्ध्रौँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशन निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृतमा दिलिप कुमार अग्रवाल र निर्वाचन अधिकृतमा प्रभाकर पुरी र राजेन्द्र वैष्णव रहनुभएको छ ।
 
निर्वाचन सम्बन्धी कार्य तालिकामा प्रारम्भीक मतदाता नामावली (सदस्यता नामावली) प्रकाशन हिजो सङ्घको सूचना पाटीमा भएको थियो भने, उम्मेदवारी मनोनयन पत्र वितरण पुस २१ गते आइतबार देखि पुस २२ गते सोमबार अपराहन ०१ः०० बजे सम्म सङ्घको सचिवालय, उम्मेदवारी मनोनयन पत्र दर्ता सोमबार अपराहन ३ः०० बजे सम्म सङ्घको सचिवालय गर्न सकिने सङ्घले जनाएको छ ।
 
त्यसैगरी मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरुको नामावली प्रकाशन २२ गते सोमबार अपराह्न ५ः०० बजे सम्म सङ्घको सूचना पाटीमा त्यस्तै उम्मेदवारको दाबी बिरोधमा उजुरी दिन सक्ने २३ गते मंगलबार अपराहन १ः०० बजे सम्म सङ्घको सचिवालयमा त्यस्तै उम्मेदवारहरुको नामावली प्रकाशन २३ गते मंगलबार अपराह्न ३ः०० बजे सम्म त्यस्तै उम्मेदवारले आफ्नो उम्मेदवारी फिंता लिने २४ गते बुधबार अपराहन २ः०० बजे सम्म सङ्घको सचिवालयमा, त्यस्तै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन २४गते बुधबार अपराह्न ५ः०० बजे सम्म सङ्घको सूचना पाटी र त्यस्तै अन्तीम मतदाता नामावली प्रकाशन मतदान गर्ने २६ गते विहिबार अपराह्न ०२ः०० बजे सम्म सङ्घको सूचना पाटीमा गरिने संघले जनाएको छ ।
 
 
हेर्नुहोस् संघद्धारा प्रकाशित सूचना

 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago