भर्खरै

सङ्घको आगामी कार्यकालको लागि विष्णु प्रसाद चालिसेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

  • प्रकाशित मिति : मंगल, पौष २३, २०८१
  • - विद्युत संसार संवाददाता
title
चितवन, २३ पुष । विद्युत व्यवसायी संघ –चितवनको १४ औं वार्षिक साधारण सभा एवं ८ औं अधिवेशन सम्पन्न भएको छ । 
सङ्घले हिजो सोमबार २२ गते चितवनमा भएको सो कार्यक्रमले सङ्घले नयाँ कार्यसमिति पाएको छ । 
 
सङ्घले आगामी कार्यकालको लागि विष्णु प्रसाद चालिसे नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित हुनुभएको छ । 
अध्यक्षमा विष्णु प्रसाद चालिसे निर्वाचित हुनुभएको हो भने प्रथम उपाध्यक्ष पदमा कृष्ण सुवेदी, द्वितीय उपाध्यक्ष पदमा गोर्ख प्रसाद सापकोटा, तृतीय उपाध्यक्ष पदमा खगराज अधिकारी, सचिव पदमा नारायण वंशी, कोषाध्यक्ष पदमा परमेश्वर भट्टराई, सहसचिव पदमा रविन्द्र कुमार श्रेष्ठ, सहकोषाध्यक्ष पदमा सन्तोष अधिकारी निर्वाचित हुनुभएको हो । 
 
साथै कार्यकारी सदस्य पदमा शिव चापागाईं, सुरेन्द्र खनाल, गणेश न्यौपाने, खेमलाल खरेल(शिव), शिवराज शोडारी, डिलानाथ आचार्य जैसी निर्वाचित हुनुभएको हो । त्यस्तै मनोनित सदस्यमा अमृत अर्याल, धुर्ब राज पौडेल निर्वाचित हुनुभएको सङ्घका निवर्तमान अध्यक्षमा नवराज सुवेदी जानकारी दिनुभयो । 
 
संघ विद्युतीय क्षेत्रमा प्रत्यक्ष संलग्न भइ यस क्षेत्रसँग प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न पेशागत व्यवसायीहरूको समग्र विकास प्रति समर्पित रहेको संस्था हो । 
 
सङ्घले आफ्नो सदस्यहरूको हकहितका लागि सरोकार निकाय सम्म आवाज उठाउँदै अभिावकीय भूमिका निर्वाह गर्दै आईरहेको छ । विद्युत व्यवसायी सङ्घ चितवन नेपाल विद्युतीय व्यवसायी महासङ्घमा नेपालभरबाट आवद्ध २२ जिल्ला÷नगर सङ्घ एवं ७५ एसोसिएट सदस्यहरू मध्य उत्कृष्ट कार्य गर्ने मध्ये विद्युत व्यवसायी सङ्घ चितवन पनि पर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago