भर्खरै

भूकम्पबाट हुनसक्ने मानवीय कम गर्न भवन निर्माण ऐन कार्यान्वनमा जोड

  • प्रकाशित मिति : बुध, माघ २, २०८१
  • - विद्युत संसार संवाददाता
title
मोरङ, २ माघ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले भूकम्पबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न भवन निर्माण ऐनलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
 
प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज विराटनगरमा २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले प्रदेश सरकारले भवन निर्माण ऐन ल्याउने तयारी गरिरहेको बताउनुभयो । 
 
उक्त ऐनमा मन्त्रालयका प्राविधिकद्वारा अनुगमन गरी नक्सापासको स्वीकृति दिने प्रावधान रहेको मन्त्री भण्डारीले जानकारी दिनुभयो । उहाँले सरकारले सुरक्षा निकायलाई साधन सम्पन्न बनाएर विपद्को जोखिममा क्षति न्यूनीकरणका लागि कार्य गरिरहेको बताउनुभयो ।
 
भौतिक पूर्वधार विकास मन्त्रालयका सचिव अशोक साह, इञ्जिनीयर अरविन्द बस्नेत र कानुन मन्त्रालयका सहसचिव कमल थापाले भवन निर्माण गर्दा अपनाउनु पर्ने कार्यविधि, भूकम्प आउँदा कसरी सुरक्षति हुनेलगायत विषयमा जानकारी प्रस्तुत गर्नुभएको थियो ।
 
विपद् जोखिम समन्वय विज्ञ रामकुमार दाहालले भूकम्प प्रतिरोधी बलियो संरचना निर्माण, सुदृढ पूर्वतयारी र सचेतना यसअघि आएका भूकम्पले सिकाएको पाठ भएको बताउनुभयो । भूकम्पबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न भूकम्प प्रतिरोधी भवन निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago