भर्खरै

उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्ति मिलाउन आग्रह

  • प्रकाशित मिति : बिही, चैत ७, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, ७ चैत । नेपाल उद्योग परिषद्ले उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन सरकार एवं सम्बन्धित पक्षसँग आग्रह गरेको छ । नेपाल विद्युत् प्राधिकरणले उद्योगमा हाल दैनिक १२ घण्टासम्म विद्युत् भार कटौती गराएर उद्योगीलाई प्रताडित गरेकाले पूर्ण रुपमा विद्युत् आपूर्तिको माग परिषद्ले गरेको हो । 
 
परिषद्ले आज विज्ञप्ति जारीगरी ‘मुलुकमा विद्युत् बचत हुँदा पनि उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले उद्योगमा विद्युत् भार कटौती गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको त होइन रु’ भनी प्रश्न गरेको छ । 
 
उद्योगमा विद्युत् उपलब्ध नगराइँदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको परिषद्को भनाइ छ । “सरकारले स्वदेशी उद्योगको प्रवद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरुमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत् प्राधिकरणले स्वदेशी उद्योगमा गरेको विद्युत् भार कटौतीले उद्योगलाई मर्माहत बनाएको छ”, विज्ञप्तिमा भनिएको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago