भर्खरै

जलस्रोत विधेयक, २०८१ पूर्वाधार विकास समितिबाट पारित

  • प्रकाशित मिति : सोम, चैत ११, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, ११ चैत । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले जलस्रोत विधेयक, २०८१ लाई सर्वसम्मत पारित गरेको छ ।
 
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौसारियाको उपस्थितिमा आज सिंहदरबारमा बसेको समितिको ४८औँ बैठकले उक्त विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।
 
जलस्रोतको दिगो विकास, उपयोग र संरक्षण एवम् व्यवस्थापन, लाभको न्यायोचित बाँडफाँड, मौसम तथा जलउत्पन्न विपद् न्यूनीकरण, बाँधको सुरक्षा र अन्तरपुस्ता समन्यायका आधारमा सुनिश्चित गर्न उक्त विधेयक ल्याइएको हो ।
 
बैठकमा ऊर्जामन्त्री खड्काले लामो छलफल र मेहनतकपछि विधेयक पारित भएको भन्दै समिति सदस्यलाई धन्यवाद दिनुभयो । विधेयक जनताको सरोकारको विषय भएकाले समितिका सबै सदस्यको धारणालाई समेटेर सर्वसम्मत पारित भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।
 
कानुनमन्त्री चौरासियाले लामो छलफलपछि विधेयकलाई अन्तिम रूप दिएको भन्दै सांसदले गरेको निर्णयलाई कानुन मन्त्रालयले स्वीकार गरेर अगाडि बढ्ने बताउनुभयो ।
 
विस २०८१ असार १४ गते प्रतिनिधिसभामा प्रस्तुत भएको उक्त विधेयक प्रतिनिधिसभामा सामान्य छलफल गरी असार २५ गते दफावार छलफलका लागि प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा पठाइएको थियो । समितिमा नौ महिनाको छलफलपछि विधेयक आज सर्वसम्मत रूपमा पारित भएको हो ।
 
प्रतिनिधिसभाका सदस्यबाट प्राप्त संशोधन प्रस्ताव, सरोकार भएकाहरू, विज्ञबाट प्राप्त सुझावलाई समेत आधार मानेर विधेयकलाई सर्वसम्मत पारित गरिएको समिति सभापति दीपकबहादुर सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 11 months ago

७६ औं कम्युनिष्ट स्थापना दिवसको अवसरमा विद्यार्थी तथा जेष्ठ कम्युनिष्ट योद्धाहरु सम्मानित

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले गण्डकी गाउँपालिका कमिटिले विद्यार्थी तथा जेष्ठ 1 year ago

वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र

काठमाडौँ, ३१ चैत । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित ऊर्जा क्षेत्रमा यस वर्ष 1 year ago

नयाँ बर्षको उपलक्ष्यमा डिलरहरुलाई ५ दिने बाली इन्डोनेसिय भ्रमण

चैत२८, काठमाडौं । प्रकाश ग्रुप ट्रेडिङ्ग प्रालिले आफ्नो डिलरहरुलाई नयाँ बर्ष २०८२ को उपलक्ष्यमा ४ 1 year ago

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ, २९ चैत । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब 1 year ago