भर्खरै

पेट्रोलियम खानी अन्वेषण, एक महिनाभित्र चिनियाँ जिओलोजिकल नेपाल आउँदै

  • प्रकाशित मिति : Wed-22-Nov-2073
  • - Admin
title

 
काठमाडांै, फागुन । नेपालमा पेट्रोलियम खानीको विस्तृत अन्वेषण गर्न चिनियाँ टोली नेपाल आउने भएको छ । हालै बेइजिङमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषणका लागि सम्झौता भएको थियो । सो सम्झौता अनुसार एक महिनाभित्र चिनियाँ जिओलोजिकल सर्भेको विज्ञ टोली नेपाल आउने भएको हो । 
खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटा नेतृत्वको टोलीले चिनियाँ जिओलोजिकल सर्भे बीच पेट्रोलियम खानी अन्वेषणको काम अघि बढाउने सम्झौता भएको हो । खानी विभागका उपमहानिर्देशक रामप्रसाद घिमिरेले चिनियाँ विज्ञ टोलीले पाल्पा, दैलेख र सुर्खेतमा पेट्रोलियम खानीको अन्वेषण गर्ने बताए ।  पाल्पा, दैलेख, सुर्खेत पुगेर त्यहाँ रहेको पेट्रोलियम खानीको विस्तृत अन्वेषण र ड्रिलिङको काम गरी इन्धन रहे÷नरहेको चिनियाँ विज्ञ टोलीले पत्ता लगाउने उपमहानिर्देशक घिमिरेले बताए । २०७२ चैतमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषणसम्बन्धी द्विपक्षीय सम्झौता भई सम्भाव्यता कार्यान्वयन प्रक्रिया अघि बढेको थिएन ।  २०७३ बैशाखमा चिनियाँ टोलीले नेपालमा पेट्रोलियम उत्खनन्को सम्भावनाबारे प्रारम्भिक अध्ययन गरेको थियो ।
चीनले गरेको प्रारम्भिक अध्ययनबाट सम्भावित उक्त क्षेत्रमा लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यासको खानी रहेको पुष्टि भएको छ ।भारतले इन्धन आपूर्तिमा अवरोध गरेपछि मात्रै केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारलेचीनलाई पेट्रोलियम अन्वेषणमा भित्राउन पहल गरेको थियो ।  विभागका अनुसार पेट्रोलियम खानी अन्वेषणका लागि एक करोड बजेट विनियोजन भएको छ । खानी अन्वेषणका लागि नेपालले झन्डै ४ अर्ब लागत लाग्ने प्रस्ताव पठाएकोमा चीन सरकारले अनुदान वापत २ अर्ब २० करोड छुट्याएको घिमिरेले जानकारी दिए । 
 

प्रतिक्रिया