भर्खरै

इलेक्ट्रिसियन संघद्धारा जेष्ठ नागरीकलाई फलफुल वितरण

  • प्रकाशित मिति : Fri-20-Jan-2073
  • - Admin
title

बैशाख , हेटौडा । १३०औ अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा हेटौडा इलेक्ट्रिसियन संघ मकवानपुरले जेष्ठ नागरीकहरुलाई फलफूल तथा खाद्यान्न बितरन कार्यक्रम गरेको छ । संघले हेटौडा १५ रातोमाटेमा अवस्थित दिब्य ज्योती निकेतन जेष्ठ नागरीक आश्रय स्थललाई बुधबार फलफूल तथा खाद्यान्न बितरन गरेको हो ।
 संघका अध्यक्ष देबु प्रसाद चौलागाईका अनुसार मजदुर दिवसको अवसरमा  आश्रय स्थललाइ सहयोग गर्नु उपयुक्त  भएकाले आफ्नो इलेक्ट्रिसियन संघमार्फत सहयोग गरेकोे बताए ।
संघले करीव ११ हजार बराबरको फलफुल तथा खाद्यय सामाग्री वितरण गरीको संघ अध्यक्ष चौलागाईले  बताए । 
आश्रय स्थलका केन्द्रीय अध्यक्ष तेजराम निरौलाले संघले गरेको सहयोग प्रति धन्यावाद व्यक्त गरेका थिए । संघका सदस्य नयन लिम्बु ,राजन थपलियाले आश्रय स्थललाई व्यक्तिगत सहयोग सोत गरेका थिए ।  आश्रय स्थलमा २३ जना वृद्ध, वृद्धाहरु रहेका थिए । 
 

प्रतिक्रिया