सरकारी कर्मचारीले एनजिओ आएनजिओमा जागिर खान नपाउने
- प्रकाशित मिति : Mon-24-Dec-2074
- - Admin

काठमाडौं, चैत । अवकाशपछि सरकारी कर्मचारीले स्वदेशी तथा विदेशी एनजिओ आएनजिओमा जागिर खान नपाउने भएको छ । सरकारले तयार पारेको संघीय निजामति सेवा ऐन, २०७५ अनुसार सरकारी निकायका जागिर खाएका व्यक्ति वा उच्च पदस्थ कर्मचारीलाई एनजिओ, आइएजिओमा जागिर खान बन्देज लगाउने व्यवस्था गरेको हो ।
संवैधानिक निकायमा थप रोजगारीका लागि जान पाइने भएपनि कुनै पनि प्रकारको एनजिओ, आइएनजिओमा भने जागिर खान नपाइने व्यवस्था सोको मस्यौदा समावेश गरिएको छ । ऐनले सरकारी कर्मचारीलाई अवकाशपछि पनि जवाफदेही बनाउन खोजिएको ऐनको मस्यौदामा उल्लेख छ ।
सरकारी सेवाबाट अवकाश पाउने बित्तिकै स्वदेशी तथा विदेशी निकाय, दूतावास तथा विभिन्न संस्थामा जागिर खाने र सरकारी सूचना तथा स्रोतको दुरुपयोग गर्ने पाइएपछि सरकारले सरकारी कर्मचारीलाई कडाई गर्न लागेको हो । सहसचिव तथा सचिवले सरकारी सेवाबाट अवकाश पाएपछि एनजिओ, आइएनजिओमा जागिर खान जाने गरेपछि कडाईको व्यवस्था गरेको हो । संवैधानिक निकायमा पूर्व कर्मचारी नै नियुक्त हुने गरेका छन् ।