भर्खरै

बागमती आयोजना राष्ट्रिय प्रणालीमा जोडियो

  • प्रकाशित मिति : Sat-29-Dec-2074
  • - Admin

काठमाडौं, चैत ।  बागमती जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । २२ मेगावाट क्षकताको उक्त आयोजनाको विद्युत नेपाल विद्युत प्राधिकरणको कुलेखानी सबस्टेसनमा जोडिएको हो । 
 माण्डु हाइड्रो पावर कम्पनीले  २०७२ जेठबाट मकवानपुरको भीमफेदीमा निर्माण  सुरु गरेको आयोजना भएको आयोजना ३ वर्षमा पूरा भई प्रणालीमा जोडिएको हो । १५ दिनको परीक्षणपछि आयोजनाले व्यवसायिक उत्पादन सुरु गरेको इन्जिनियर रत्न बम्जनले बताए । गत चैत्र १ गतेबाट परीक्षण उत्पादन सुरु गरेको  उनले बताए ।   उनका अनुसार अहिले आयोजनाले ६ मेगावाट विद्युत उत्पादन गरिरहेको छ । गत असारदेखि नै विद्युत उत्पादन गर्ने तालिका भएपनि निर्माणधीन काठमाडौं–तराई द्रुतमार्ग (फाष्ट ट्रयाक) का कारण प्रभावित हुँदा १० महिना ढिलो गरी आयोजना सञ्चालनमा आएको कम्पनीले जनाएको छ । आयोजना सम्पन्न गर्न ४ अर्ब २५ करोड रुपैयाँ खर्च भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 6 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 11 hours ago