भर्खरै

धुर्कोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु, १५० जनालाई ३० दिने रोजगारी

  • प्रकाशित मिति : Sat-17-Feb-2074
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं,जेठ ।  गुल्मीको धुर्कोट गाउँपालिकामा आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात भएको छ ।
 
आज शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १५० जनाले ३० दिनको रोजगारी पाउने भएको हो ।
 
सो गाउँपालिका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिकामा हो । 
 
धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलका अनुसार गाउँपालिकामा १५० जनालाई ३० दिनको रोजगारी प्रदान गरिएको छ । 
उनका अनुसार शिक्षण संस्थामा १३ जना, स्वास्थमा ४ जना, कृषि र पशुपालनमा १५ जना, सिञ्चाईमा १५ जना,  विद्युतमा ७ जनाले रोजागारी प्राप्त गरेका छन् । त्यस्तै खानेपानी मर्मतमा १५  र सडक मर्मतमा ८१ जना रहेका छन् ।

प्रतिक्रिया