भर्खरै

माथिल्लो तामाकोशीको पेनस्टक पाइप जडानको काम शुरु, कात्तिकसम्म परीक्षण उत्पादन हुने

  • प्रकाशित मिति : Fri-22-Nov-2075
  • - Admin
title

 
 
दोलखा, फागुन । चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पेनस्टक पाइप जडानको काम शुरु भएको छ । आयोजनाको लट २ अन्र्तगतको तल्लो र माथिल्लो दुवै ठाडो सुरुङमा पेनस्टक पाइप जडान शुरु भएको हो । 
आयोजनाको लट २ को भारतीय कम्पनी टेक्सम्याको रेल एण्ड इञ्जिनीयरिङ लिमिटेडले गर्न नसकेपछि काम टुक्र्याएर अष्ट्रियाली कम्पनी एन्ड्रिज हाइड्रो जिएमबीलाई दिएको डेढ महिनामै पाइप जडानको काम शुरु भएको हो । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार आयोजनाको तल्लो पेनस्टक साटको पेनस्टक पाइप जडान र परीक्षणको काम एन्ड्रिजले पाएको  बताए । उनका अनुसार तल्लो पेनस्टक साट ३ सय ७३ मिटरको ठाडो सुरुङ रहेको र आयोजनाको ३ सय १० मिटरको माथिल्लो ठाडो सुरुङसहित बाँकी काम टेक्सम्याकोले नै गर्ने बताए । 
सम्झौता भएलगत्तै एन्ड्रिजले काम शुरु गरेको र दुवै साटको सम्पूर्ण तयारी पूरा गरेर सुरुङको माथिबाट तल पाइप झारेर जडान शुरु भएको प्रवक्ता न्यौपानेले बताए । सिभिललगायत अन्य काम अन्तिम चरणमा पुगेका बेला लट २ को ठेकेदार टेक्सम्याकोका कारण आयोजना ढिलाइ हुन पुगेको छ । टेक्सम्याकोले अहिले कबुल गरेको कामसमेत गर्न नसके ती पनि एन्ड्रिजलाई दिनसक्ने स्थिति रहेको डा न्यौपानेले बताए । आयोजनाको हाइड्रोमेकानिकलअन्र्तगत टेक्सम्याकोले बाँध, इन्टेक र डिस्याण्डरमा गेटहरु, स्टपलगहरु, पेनस्टक पाइप आदिको डिजाइन, ढुवानी, जडान, परीक्षण र कमिसनिङको काम गर्नेछ । आयोजनामा एक हजार १३४ मिटर पेनस्टक पाइप जडान गर्नुपर्नेछ । पेनस्टक पाइप जडान नभएका कारण सिभिलतर्फको ठेकेदार सिनो हाइड्रोले गर्नुपर्ने कड्ढिटिङको कामसमेत रोकिएको छ । 
विसं २०७३ साउनबाट उत्पादन शुरु गर्ने लक्ष्य राखेको आयोजनाले भूकम्पपछि संशोधित गरी २०७५ असारबाट उत्पादन शुरु गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर लट २ कै कारण नौ महिना थप भयो । त्यो समयमा पनि पूरा नहुने भएपछि अहिले २०७६ कात्तिकसम्म परीक्षण उत्पादन गर्ने संशोधित कार्यतालिका बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 4 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 4 hours ago