भर्खरै

कुलेखानी तेस्रोको सिभिल संरचना परीक्षण सुरु

  • प्रकाशित मिति : Fri-22-Nov-2075
  • - Admin
title

 
काठमाडौ, फागुन ।  १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको परीक्षण सुरु भएको छ । मकवानपुरको भैंसेमा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका आयोजनाको सिभिल संरचना परीक्षण सुरु गरिएको हो ।  प्राधिकरण उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक सुनिलकुमार ढुङ्गेलका अनुसार आयोजनाका सबै सिभिल संरचनाको परीक्षण सुरु गरिएकोे जानकारी दिए । उपकार्यकारी निर्देशक ढुङ्गेलले  कनेक्टिङ पाइप लाइन, हेडपम्प, साइफन, मुख्य सुरुङ, फोरबे लगायत सिभिल संरचनाको परीक्षण थालिएको र सिभिल संरचनाको सरसफाई, निरीक्षण तथा परीक्षण गर्न ५ दिन लाग्ने बताउदै ५ दिन पछि  हाइड्रोलिक गेट तथा स्टपलगको परीक्षण सुरु हुने बताए ।  आयोजनामा जडानमा भएका हाइड्रोलिक गेट तथा स्टपलगको परीक्षण ३ दिनमा पूरा हुनेछ । हाइड्रोलिक गेट तथा स्टपलगपछि आयोजनाको मुख्य सुरुङमा पानी भरेर संरचनाको परीक्षण सुरु गरिनेछ । कुलेखानी पहिलो र दोस्रोको विद्युतगृहबाट विद्युत उत्पादन भई निकास हुने पानी आयोजनाको सुरुङमा भरेर संरचनाको परीक्षण हुनेछ । सुरुङमा पानी भरेर ठिक भए नभएको परीक्षण गर्न २० दिन लाग्ने प्राधिकरणले जनाएको छ ।
 सुरुङपछि आयोजनाको पेनस्टक पाइप तथा इन्लेट भल्भको परीक्षण गरिने ढुङ्गेलले जानकारी दिए । पाइप र भल्भको परीक्षण गर्न १० दिनको समय तोकिएको छ । यसबीचमा हाइड्रोलिक गेट तथा स्टपलगको दोस्रो पटक परीक्षण हुने प्राधिकरणले जनाएको छ । भरिएको सुरुङ खाली गरेर भित्री भागमा समस्या भएरनभएको परीक्षण गरी पुन सुरुमा पानी भरिनेछ । सुरुङमा दोस्रो पटक पानी भरेपछि आयोजनाको परीक्षण उत्पादन सुरु गर्ने प्राधिकरणले तालिका तय गरेको छ । सुरुवाती परीक्षणदेखि विद्युत उत्पादनको चरणसम्म पुग्न ४५ दिनको समय प्राधिकरणले तोकेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 3 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 8 hours ago