भर्खरै

एक व्यवसायीले कम गुणस्तरका सामग्री बिक्रि गर्दा सिंगो व्यावसायिक क्षेत्रलाई नै असर पर्दछ

  • प्रकाशित मिति : Fri-22-Nov-2075
  • - राजेन्द्र वैष्णव अध्यक्ष,काठमाडौं विद्युतीय व्यवसायी संघ
title

 
 
काठमाडांै   उपत्यका भित्र   रहेर विद्युतीय व्यावसायिक क्षेत्रमा लामो  समय देखि कार्य गर्दै आउनु भएका, काठमाडौं विद्युतीय व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष  राजेन्द्र वैष्णव सँग संघलाई अघि बढाउन ल्याएको नयाँ योजना, व्यवसायीहरुको अवस्था, संघले व्यावसायिक हितका लागि गर्दै आएका कार्यहरु, व्यवसायीका समस्या, सरकारले गर्नु पर्ने कार्य लगायतका विषयमा विद्युत संसार साप्ताहिकका  भीमलाल श्रेष्ठले गरिएको कुराकानीको सम्पादित अंश ः

 
 
 
सर्वप्रथम यहाँ लाई हार्दिक बधाई  । काठमाडांै विद्युतीय व्यवसायी संघको हालै सम्पन्न पाँचौ अधिवेशनबाट तपाई अध्यक्ष पदमा सर्वसम्मतिले निर्वाचित हुनुभएको छ, संघलाई अघि बढाउन कस्ता योजनाहरु ल्याउनु भएको छ ?बताईदिनुहोस न ।

 बधाई दिनुभएकोमा धन्यवाद । काठमाण्डौ विद्युतीय व्यवसायी संघ व्यवसायीहरुको हकहितका लागि वि.स २०६६ सालमा स्थापना भएको हो । संघको हालै सम्पन्न पाँचौ अधिवेशनबाट म अध्यक्ष पदमा सर्वसम्मतिले निर्वाचित भएको छु । समय सापेक्ष व्यवसायीहरुको मागलाई सम्बोधन गर्दै संघलाई व्यवस्थित रुपमा अधि बढाउन मलाई नयाँ जिम्मेवारी थपिएको छ । संघको अध्यक्ष पदमा निर्वाचित भइसकेपछि संघलाई अघि बढाउन मैले विभिन्न योजनाहरु ल्याएको छु । 
काठमाडांै उपत्यका भित्र विद्युतीय व्यवसायीहरु छरिएर रहेका छन् । व्यावसायिक हितका लागि  उपत्यका भित्र छरिएर रहेका व्यवसायीहरुलाई एकतावद्ध गराउने मेरो प्रमुख योजना रहेको छ । यसका लागि उपत्यका भित्र क्षेत्रगत तथा एरिया समिति गठन गरी सदस्य  विस्तार गर्ने, भन्सार दर न्युनिकरणमा जोड,न्युन विजकीकरण लाई अन्त्य गर्न पहल, सदस्य सशक्तीकरण कोष निरन्तरता , व्यवसायीहरुको व्यक्तित्व विकास एवं प्रवद्र्धनात्मक  तालिमहरु संचालन गर्ने  योजनामा छौ । त्यस्तै हामीले विगतदेखि नै सामाजिक उत्तरदायित्वका कार्यहरुमा पनि निरन्तरता दिदै व्यावसायिक क्षेत्र, जहाँ कुनै सेवासुविधा पुग्न सकेको छैन त्यस्ता ठाउँहरुमा नै सामाजिक उत्तरदायित्वका कार्यहरुलाई हातेमालो गर्दै अगाडि बढने योजनामा छौ । 
 
काठमाडौंमा विद्युतीय व्यवसायको अवस्था कस्तो  छ ? यसको बारेमा बताइदिनुहोस् न । 

विद्युतीय व्यवसायका क्षेत्रमा पछिल्लो समय व्यवसायीहरुको संख्या बढ्दै गएको छ । व्यवसायीहरुको संख्या बढ्दै गए सँगै व्यवसायीहरु बीच अस्वस्थ प्रतिस्पर्धा पनि बढिरहेको छ । देखासिखिको भरमा व्यवसायमा लाग्दा र आवश्यक पूँजीको व्यवस्थापन नगरी व्यवसायमा गर्दा बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको हो ।  विद्युतीय व्यवसाय क्षेत्र प्राविधिक  क्षेत्र हो, यसमा प्राविधिक ज्ञान हुनु  जरुरी छ   तर कतिपय व्यवसायीहरुलाई प्राविधिक क्षेत्रको सामन्य ज्ञान समेत रहेको पाइदैन । व्यावसायिक क्षेत्रमा  सामान्य ज्ञान हासिल गरी पेशामा लाग्न सबै व्यवसायीहरुलाई  समेत आवह्रान गर्दछु । 
 
व्यावसायिक हक हितका लागि संघले कस्ता कार्य गर्दै आएको छ ? बताईदिनुहोस न ।

विद्युतीय व्यवसायी क्षेत्रमा लाग्ने व्यवसायीहरुको हकहितका लागि नै संघको स्थापना भएको हो । हामीले व्यवसायीहरुलाई परेका जुन कुनै समस्याहरुमा साथ दिदै आएका छौ । व्यवसायीहरुको आवश्यकता र  मागहरु लाई सम्बोधन गर्दै समय सापेक्ष अघि बढ्दै जानु संघको उद्धेश्य रहेको छ । कुनै पनि व्यवसायीलाई व्यवसाय गर्ने क्रममा परेका समस्याहरुलाई समाधान गर्दै हामी अघि बढिरहेका छौ । 
 
व्यवसायीहरुको बीमाका सन्र्दभमा संघले कस्ता धारणा सार्वजानिक गरिदै  आएको छ ? स्पष्ट पारीदिनुहोस न ।

हाम्रो संघमा  स–साना लगानी गरी व्यवसाय गर्ने देखि ठूल्ठूला लगानी गर्ने व्यवसायीहरु  रहेका छन् । हामीले व्यवसायीहरुको बीमा गर्ने योजना ल्याएका हौ तर  संघ मार्फत केही सीमित रकमका लागि मात्र बीमा हुने र ठूला लगानी गरी व्यवसाय गर्ने व्यवसायीहरुलाई समस्या पर्ने हुँदा हामीले अहिले बीमाका लागि नयाँ प्रक्रियाको खोजी गरिरहेका छौ । आगामी दिनमा यस विषयमा आवश्यक प्रक्रिया अघि बढ्ने छ । 
 
काठमाडांै नजिकै  रहेको भक्तपुर जिल्लामा अहिले सम्म व्यवसायी संघ गठन  हुन सकेको छैन, यस विषयमा तपाई के भन्नु हुन्छ ?

मैले यस विषयमा धेरै पहिले देखि नै कुरा राख्दै आएको छु । उपत्यका संघ गठन गर्ने भन्ने विषयमा पनि छलफलहरु भए तर त्यसका लागि भईरहेका संघहरु विगठन गर्नुपर्ने हुँदा हामीले उपत्यका संघ गठन गर्न सफल भएका छैनौ । म अहिले संघको अध्यक्ष पदमा रहेको छु , भक्तपुर जिल्लाका व्यवसायीहरुलाई संघ विहिन हुन नदिनका लागि भक्तपुरमा पनि संघ स्थापना हुनुपर्छ भन्ने विषयलाई प्रमुख प्राथमिकता दिई महासंघ मार्फत पहल गर्ने छु ।  
 
तारमा बजार सहजिकरणको लागि मूल्य एकरुपता कायम गर्ने विषयमा के हुँदैछ ?

अहिले तार सम्बन्धि राष्ट्रिय नीति परिवर्तन भएको छ । हाउस वायरिङ्गका रिजिट केबुल बाट मल्टिस्ट्रयाण्ड केबुल प्रयोगकोअवधारणा आएको छ । कुनै पनि संघ संस्थाले कुनै पनि वस्तुको मूल्य निर्धारण गर्न पाउँदैन, हामीले संघमा आवद्ध व्यवसायीहरुलाई जागरुक बनाउने हो । कुनै व्यवसायीले सामग्रीहरु बिक्रि गर्दा निश्चित नाफा राखेर बिक्रि गर्नुपर्दछ । तारमा पनि निश्चित नाफा राखेर मूल्य 
एकरुपता कायम गर्नका लागि हामी जिल्ला संघहरुले महासंघ मार्फत पहल गर्दै आएका छौ । हाल सम्म प्रयास जारी नै रहेको छ ।
 
 
कम गुणस्तर सामग्रीहरु काठमाडांै उपत्यकाबाट बाहिरिने गरेको छ भन्ने सुनिन्छ, तपाई यसमा के भन्नु हुन्छ ?

बजारमा आउने कम गुणस्तरयुक्त विद्युतीय सामग्रीहरुको नियन्त्रण हुनुपर्छ । हामीले संघ मार्फत व्यवसायीहरुलाई गुणस्तरीय सामग्री आयात तथा बिक्रि गर्न आग्रह गर्दै आएका छौ । कुनै एक व्यवसायीले कम गुणस्तरका सामग्री बिक्रि गर्दा सिंगो व्यावसायिक क्षेत्रलाई नै असर पर्दछ । तसर्थ व्यवसायीहरुले गुणस्तरयुक्त सामग्री बिक्रि गर्नुपर्दछ । यसका लागि व्यवसायीहरु मात्र नभई उपभोक्ता पनि सचेत हुन जरुरी छ । हामीले सामग्रीहरुको गुणस्तर मापन गर्नका लागि नेपाल सरकार समक्ष पहल गर्दै आएका छौ तर यसका लागि सरकारले ठोस कदम चाल्न सकेको देखिदैन । 
 
विद्युतीय व्यवसायी र इलेक्ट्रिसियनहरु बीच कस्तो सम्बन्ध हुन जरुरी छ ?

विद्युतीय व्यवसायीहरुको सामग्री बिक्रिका लागि इलेक्ट्रिसियनको मूख्य भूमिका रहन्छ । इलेक्ट्रिसियनहरुले नै विद्युतीय सामग्रीहरु फिट गर्ने र उपभोक्ता सम्म पु¥याउने हुँदा  व्यवसायी र इलेक्ट्रिसियन बीच सुमधुर सम्बन्ध हुन जरुरी छ । हामीले इलेक्ट्रिसियनहरु लाई के कस्ता तालिमको आवश्यकता छ सो का बारेमा इलेक्ट्रिसियनहरु बीच छलफल गरी कार्यक्रम संचालनमा ल्याउने छौ । 
 
लोडसेडि· अन्त्यले विद्युतीय व्यवसायमा कस्तो प्रभाव पारेको छ ?

 लोडसेडिङ्ग अन्त्य हुनु विद्युतीय व्यवसायीहरुका लागि खुसीको विषय हो । लोडसेडिङ्ग अन्त्यले सोलार तथा इन्र्भटर बिक्रि गर्ने व्यवसायीहरुलाई तत्कालका लागि केही समस्या परेको भए पनि व्यवसायीहरु लोडसेडिङ्ग अन्त्य प्रति दुःखी छैनन् । लोडसेडिङ्ग अन्त्यले व्यवसायलाई बढावा दिने काम गरेको छ । 
 
व्यवसायीहरुका लागि सरकारको तर्फबाट कस्तो सहयोग हुनु पर्ला भन्ने यहाँलाई लागेको छ ?

व्यवसायी क्षेत्रमा भएको अहिलेको मूख्य समस्या भनेको गुणस्तर र भन्सारदर रहेको छ । हामी धेरै जसो विद्युतीय सामग्रीहरुमा आत्मनिर्भर छैनौ । हामीले विभिन्न मुलुकबाट विद्युतीय सामग्रीहरु आयात गर्नु परिरहेका छौ । विद्युतीय सामग्रीहरु आयात गर्दा भन्सारदर न्यून हुन जरुरी छ । त्यस्तै कुनै व्यवसाय गर्दा बैंकबाट लिइने ऋणको ब्याजदरमा पनि समानता छैन । बैंकको ब्याजदरमा हुने घटबढका कारण 
व्यवसायीहरु मारमा पर्ने गरेका छन् यसको समाधान होस् भन्ने हामी सम्पूर्ण व्यवसायीहरुको चाहना रहेको छ । त्यस्तै गुणस्तर मापन गर्न अनिवार्य  प्रयोगशालाको व्यवस्था सम्बन्धित सरोकारवालाहरुले अविलम्ब व्यवस्था गर्न जरुरी ठान्दछु । 
 
अन्त्यमा के भन्न चाहनु हुन्छ ? 

एकता नै समृद्धिको सर्वोत्कृष्ट माध्यम हो भन्ने हाम्रो संघको मूल नारा रहेको छ । यसै नारामा आधारित भई हाम्रो संघ अघि बढिरहेको छ । सबै व्यवसायीहरु एक भई व्यवसायीहरुको माग,गुण्स्तरीय सामानहरु आयात र बिक्री वितरण गर्नुका साथै व्यवसायी समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्ने छौ । 

प्रतिक्रिया