“भन्सार छली गरी सामग्री आयात गर्न खोजे भन्सारमा समस्या आउने हो”

  • प्रकाशित मिति : Fri-22-Nov-2075
  • - हरिस भण्डारी निर्देशक,सुरवी ट्रेडि· प्रा.लि तथा सञ्चालक,शुभकामना लाइट्स
title

 
विद्युतीय व्यवसायी क्षेत्रमा विगत १५ वर्ष देखि लागि पर्दै आउनुभएका शुभकामना लाइट्सका सञ्चालक तथा सुरवी ट्रेडि· प्रा.लि का निर्देशक हरिस भण्डारीस“ग नेपालको विद्युतीय व्यवसायको अवस्था, व्यवसायीहरुको समस्या,भन्सारमा हुने समस्या, व्यावसायिक हितका लागि जिल्ला संघ तथा महासंघले गर्दै आएका  कार्य  लगायतका विषयमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश ः

 
 
सुरवी ट्रेडि· प्रा.लि का बारेमा बताईदिनुहोस् न । 

सुरवी ट्रेडि· प्रा.लि को स्थापना २०७४ मा भएको हो ।  ४ जनाको सहकार्यमा हामीले यस ट्रेडि· प्रा.लि स्थापना गरेका हौ । यस ट्रेडि· प्रा.लि मार्फत हामीले इलेक्ट्रिकल्स क्षेत्र र युपियस ९ग्एक्० ब्याट्रीको काम गर्दै आएका छौ  । अमर राजा कम्पनी एम्ब्रोन ब्राण्डका ट्युवलर ब्याट्रीको हामी नेपालका लागि आधिकारीक बिक्रेता हौ । त्यस्तै हामी प्रतिष्ठित लुमिनस ब्राण्डका एलईडी र यानको वितरक पनि हौ ।    
 
नेपाली बजारमा विद्युतीय व्यवसायको अवस्था कस्तो पाउनु भएको छ ? 

हामीले नेपाली विद्युतीय बजारमा गुणस्तरयुक्त विद्युतीय सामग्रीहरु उपयुक्त मूल्यमा बिक्रि गर्दै आएका छौ । गुणस्तरयुक्त विद्युतीय सामग्री उपभोक्ता सम्म पु¥याउने हाम्रो प्रयास निरन्तर जारी नै छ । तर कतिपय अवस्थामा विद्युतीय सामग्रीको व्यवसाय गर्ने व्यावसायिक साथीहरुले नै चीनबाट ओएम गरी विद्युतीय सामग्रीहरु ल्याउने र बिक्रि वितरण गर्ने  गर्दछन् । त्यस्तै हरेक प्रकारका ब्राण्डका विद्युतीय सामग्रीहरु नेपाल भित्रने गरेको पाइन्छ । जसले गर्दा कुन सामग्री गुणस्तरयुक्त हो या होइन भन्ने विषयमा उपभोक्ताहरु  अलमलमा पर्ने गर्दछन् । व्यवसायीको अनुहार हेरेर सामग्रीको किनबेच हुने गर्दछ ,यो नराम्रो पक्ष हो । सस्तो सामग्री ल्याएर  एक, दुई वर्षको वारेन्टी दिने गरेको पाइन्छ , यसमा उपभोक्ताले वारेन्टीलाई भन्दा पनि सामग्रीको गुणस्तर र ब्राण्डलाई हेर्न जरुरी छ । 
 
के तपाईहरुले यस प्रा.लि मार्फत तालिमहरु पनि दिदैं आउनुभएको छ ? यदि तालिम दिनुभएको छ भने कस्ता किसिमका तालिमहरु दिदै आउनुभएको छ ?

हाम्रो कम्पनी स्थापना भएको १ वर्ष मात्र पुरा भएको छ । हाम्रो कम्पनी स्थापना भएको छोटो अवधिमा हामी इलेक्ट्रिसियनहरु सँग सहकार्य गर्दै आएका छौ । विद्युतीय क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरुको  कार्य जोखिमपूर्ण छ । काम गर्ने क्रममा इलेक्ट्रिसियनहरुले सुरक्षाका सामग्री प्रयोग नगरी काम गर्ने गरेको पाउँछौ । जसकारण विद्युतीय दुर्घटना भई धनजनको क्षति हुने गर्दछ । यस्ता दुर्घटना हुन नदिनका लागि हामीले इलेक्ट्रिसियन हरुलाई जनचेतना दिने योजनामा छौ । 
 
यस प्रा.लि ले बिक्रि गर्दै आएको सामग्रीहरु गुणस्तरयुक्त छन् भन्ने आधारहरु केके रहेका छन् ?

हामीले नेपाली बजारमा बिक्रि वितरण गर्दै आएको लुमिनस ब्राण्डका एलईडी र यान गुणस्तरयुक्त छन् ।  भारतबाट विश्वका ३८ देशमा बिक्रि वितरण हुने यो ब्राण्डका एलईडी गुणस्तरयुक्त छन् । अन्तर्राष्ट्रिय बजारमा जुन गुणस्तरमा लुमिनस ब्राण्डका एलईडीहरु बिक्रि वितरण हँुदै आएको छ, हामीले त्यहि गुणस्तरको एलईडी नेपाली बजारमा ल्याएका छौ । जसले गर्दा हामीले बिक्रि वितरण गर्दै आएका प्रोडक्टहरु गुणस्तरयुक्त छ, उपभोक्ताले ढुक्क सँग यसको प्रयोग गर्न सक्छन् ।  भारत सरकारले मान्यता प्रदान गरेको यो ब्राण्डको सामान विगत पाँच वर्ष देखि स्नाइडर कम्पनीले लिएको छ । वर्षऔ देखि विद्युतीय सामग्री उत्पादन गर्दै आएको स्नाइडर कम्पनीले लुुमिनस ब्राण्डको एलईडी उत्पादन गर्दै आएको छ ।  त्यस्तै हामीले बिक्रि गर्दै आएको यान कपर क्वायल र आल्मोनियमका  पाता रहेका छन् । युटिलिटि रेन्ज अन्य कम्पनीले अहिले सम्म आल्मोनियम पाता भएको यान ल्याएको छैन तर हामीले ल्याएका छौ । गुणस्तर र डिजाइनलाई  ध्यान दिदंै हामीले  डेकोरेटिभ यान ल्याएका छौ  ।  जुन यानले हावा मात्र होइन सजावटको पनि काम गरेको छ । यानमा एलईडी पनि जडान गरिएको छ ।
 
सुरवी ट्रेडि· प्रा.लि को भावी योजना के रहेको छ ? यसको बारेमा बताईदिनुहोस् न । 

गुणस्तरीय विद्युतीय सामग्रीहरुको बिक्रि वितरण गर्नु हाम्रो प्रमुख उद्धेश्य रहेको छ । हाम्रो यहि उद्धेश्य अनुरुप नै हामीले विद्युतीय सामग्रीहरुको आयात गरी बिक्रि वितरण गर्दै आईरहेका छौ ।  हामीले उपभोक्तालाई गुणस्तरीय, टिकाउ र भरपर्दो सामग्री बिक्रि गर्दै आएका छौ । त्यस्तै सरकार प्रतिको हाम्रो जिम्मेवारी हामीले पुरा गर्दै आएका छौ ।  सरकारलाई समयमा नै कर प्रदान गर्दै आएका छौ । आगामी दिनमा  समय सापेक्ष अझै प्रविधियुक्त विद्युतीय सामग्रीहरु उपभोक्ता समक्ष ल्याउने हाम्रो योजना रहेको छ  । 
 
व्यवसायीहरुको हकहितका लागि जिल्ला संघ तथा महासंघले कस्तो भूमिका निर्वाह गर्नु पर्ला ?

विद्युतीय व्यवसायीहरुको हक हितका लागि जिल्ला संघ तथा महासंघको स्थापना भएको छ । व्यवसायीहरुको हितका लागि स्थापना भए जिल्ला संघ तथा महासंघ साधारण सभा र अधिवेशनका समयमा मात्र बढी सक्रिय भएको देखिन्छ । यसले गर्दा व्यवसायीहरुको माग तत्काल सम्बोधन हुन नसकेको देखिन्छ । जिल्ला संघ तथा महासंघ सदैव सक्रिय भई लाग्नु पर्दछ । व्यवसायीहरुको हकहितका लागि तथा गुणस्तरीय सामग्री आपूर्तिका लागि जिल्ला संघले महासंघमा र महासंघले सम्बन्धित सरकारी निकाय सम्म पहल गर्नु आवश्यक छ । कुनै पनि विद्युतीय सामग्रीहरुको गुणस्तरको मापदण्ड निर्धारण गरेको खण्डमा व्यवसायीहरुलाई सहज हुनुका साथै उपभोक्ताहरु पनि ढुक्क रहने अवस्था सिर्जना संघ र महासंघले गर्नुपर्दछ । 
 
सामग्री आयात गर्दा भन्सारमा कस्ता समस्याहरु भोग्दै आउनु भएको छ ? यसको बारेमा बताईदिनु होस् न ।

सरकारले निर्माण गरेको नियम, कानुनलाई तोड्न खोज्दा समस्या आउने हो । हामीले सार्क राष्ट्रबाट सामग्री आयात गर्दा ७ प्रतिशत मात्र भ्याट तिर्नु पर्दछ । यो निकै नै सस्तो भन्सारदर हो । कुनै पनि व्यवसायीले कति परिमाणमा, कति मूल्य सामग्री आयात गरेको हो त्यसको स्पष्ट जानकारी दिई भन्सारमा लाग्ने सम्पूर्ण कर तिरेर नेपालमा ल्याउने हो भने भन्सारमा कुनै पनि समस्या आउँदैन । जब भन्सार छली गरी सामग्री आयात गर्न खोजिन्छ तब मात्र भन्सारमा समस्या आउने गर्दछ । हाम्रो यस प्रा.लि ले अहिले सम्म जति पनि सामग्रीहरु आयात गर्दै आएको छ ति सबै फुल भ्याटबिलमा नै आयात गर्दै आएको छ ।
 
सामग्री आयात गर्दा कहिले ओभर विलिङ, कहिले अण्डरविलिङ हुने गरेको  जिल्ला संघ तथा महासंघको भनाई रहेको छ, के यो आरोप मात्र हो ?

चिनबाट नेपालमा जति पनि सामग्रीहरु आयात हुने गर्दछ, त्यसको पिआई ९एक्ष्० हामीले नै बनाएर पठाउने गर्दछौ । पिआईमा कम्पनीहरुले आफ्नो अनुकुल रेट निर्धारण गर्दा यस्तो समस्या आएको हो ।  सरकारी निकायसँग सहकार्य गरी निश्चित रेट निर्धारण गर्न सकेको खण्डमा यस्ता समस्याहरु अन्त्य हुन्छ जस्तो मलाई लाग्छ ।
 
घर निर्माण गर्दा विद्युतीय नक्सा अनिवार्य रुपमा लागु गर्नुपर्ने नियम नेपालमा रहेको छैन, यस विषयमा तपाई के भन्नु हुन्छ ?

कुनै पनि घर निर्माण गर्दा भावी दिनमा हुन सक्ने विद्युतीय दुर्घटना बाट बच्नका लागि विद्युतीय नक्सा अनिवार्य रुपमा लागु गर्नुपर्दछ ।  घर बनाउनु पूर्व बजेट र विद्युतीय नक्सा  बनाउनु पर्दछ । नेपाल  विद्युतीय नक्सा अनिवार्य रुपमा लागु गराउने नियम  रहेको छैन, यसलाई अनिवार्य गराउन जरुरी छ । विद्युतीय नक्सा बनाएर घर निर्माण गर्दा घर धनी, इलेक्ट्रिसियन र व्यवसायी दुवैलाई फाइदा पुग्दछ । 
 
उज्यालो नेपाल अभियान अन्र्तगत सुरवी ट्रेडि· प्रा.लि ले उपभोक्तालाई कस्ता जानकारी दिदंै आउनु भएको छ ?

एलईडी बल्ब प्रयोग गरौँ, विद्युत खपत कम गरौँ भन्ने जनचेतना उपभोक्तालाई हामीले दिदंै आएका छौ । जिएसएल बल्ब, सिएफएल बल्ब पछि आएको एलईडी बल्बले उज्यालो धेरै दिनुका साथै कम विद्युत खपत गर्ने गर्दछ । त्यस्तै हामीले ल्याएको पंखाले पनि विद्युत खपत कम गर्ने गर्दछ । हामीले कम विद्युत खपत गर्ने ५० वाटका पर्फमेन्स यान ल्याएका छौ ।
 
अन्त्यमा के भन्न चाहनु हुन्छ ?

गुणस्तरयुक्त विद्युतीय सामग्री उपभोक्तालाई प्रदान गर्नु कर्तव्य र उद्धेश्य हो । हामी यहि कर्तव्य र उद्धेश्य मा आधारित भई निरन्तर गुणस्तरीय सामग्री उपभोक्तालाई प्रदान गर्दै जाने छौ । त्यस्तै उपभोक्तालाई गुणस्तरीय सामग्री प्रयोगका लागि सचेत गराउन हामी लागि पर्ने छौ । 

प्रतिक्रिया