छोटो समयमा नै हाम्रा उत्पादनप्रति उपभोक्ता आर्कषित भएका छन्

  • प्रकाशित मिति : Fri-22-Nov-2075
  • - राजेन्द्र कुमार साह प्रबन्ध निर्देशक,डेल्टा इलेक्ट्रो इन्जिनियरीङ प्रा.लि

 
   राजेन्द्र कुमार साहु, पुष्पा इलेक्ट्रिकल एण्ड सप्लार्यस तथा डेल्टा इलेक्ट्रो इन्जिनियरीङ प्रा.लि र मेक्सिमो वाटर पम्प प्रा.लि नेपालगञ्जका सञ्चालक हुन् । लामो समय देखि नै विद्युतीय क्षेत्रमा काम गर्दै आउनुभएका  साहुसँग कम्पनीको अवस्था, कम्पनी मार्फत उत्पादन हुँदै आएका सामग्रीहरुको बिक्रि वितरणको अवस्था, उद्योगीहरुलाई सरकारले दिएको प्राथमिकता, भन्सारमा हुने समस्या, कच्चापदार्थ आयातको अवस्था लगायतका विषयमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरिएको कुराकानीको सम्पादित अंशः

 
 
डेल्टा इलेक्ट्रो इन्जिनियरीङ प्रा.लि  र मेक्सिमो वाटर पम्प प्रा.लि ले कस्ता–कस्ता किसिमका सामग्रीहरुको उत्पादन गर्दै आएको  छ ?

डेल्टा इलेक्ट्रो इन्जिनियरीङ प्रा.लि र मेक्सिमो वाटर पम्प प्रा.लि को स्थापना वि.स २०७५ बैशाख ५ गते भएको हो । डेल्टा इलेक्ट्रो इन्जिनियरीङ प्रा.लि मार्फत हामीले डेल्टेक ब्राण्डका ट्रान्सर्फमर, स्टेपलाइजर, प्यानल बोड,टिओडी मिटर,थ्री फेज मिटर बक्स, सर्वाेटाई,डिमर लोलर टाईप (लिनियर) निर्माण गर्दै आएको छौ भने मेक्सिमो वाटर पम्प प्रा.लि बाट पानी सम्बन्धि मोटर, पुली सम्बन्धि मोटर,  ०.५ ज्ए देखि २ ज्ए  ३ इन्चि पानी याक्ने मनोब्याल्याक पम्प, उत्पादन तथा बिक्रि गर्दै आएका छौ ।  हामीले उत्पादन गरेका मनोब्याल्यक पम्प १४० देखि २२० भोल्टेज सम्मका मोटर रहेका छन् । 
 
भर्खरै स्थापना भएका यी कम्पनीका उत्पादन प्रति उपभोक्ताले कस्तो प्रतिक्रिया जनाउ“दै आएका छन् त ?

हाम्रो कम्पनी स्थापना भएको धेरै समय भएको छैन । यद्यपि हाम्रा उत्पादनहरु राम्रो र गुणस्तरयुक्त रहेकाले उपभोक्ताहरुले हाम्रो उत्पादित सामग्रीलाई रुचाईरहेका छन् । हामीले गुणस्तरयुक्त सामग्रीहरु उत्पादन गरेकै कारण छोटो समयमा नै हाम्रा उत्पादनप्रति उपभोक्ता आर्कषित हुँदै गएका हुन् । हामीले गुणस्तरयुक्त ट्रान्सर्फमर उत्पादन गर्दै आएका छौ । हाम्रा उत्पादनहरु हेटौडा स्थित टेस्ट रिपोर्ट सर्टिफाईयुक्त  डेल्टा ट्रान्सर्फमर  बजारमा ल्याएका छौ । 
 
नेपालका कुन–कुन स्थानमा यी कम्पनीका उत्पादनहरु बिक्रि ह“ुदै आएका छन् ?

नेपालगञ्ज, विरेन्द्रनगर, महेन्द्रनगर, विराटनगर, विरगञ्ज र हेटाँैडा लगायतका स्थानमा हामीले हाम्रा कम्पनीका उत्पादनहरु बिक्रि वितरण गर्दै आएका छौ । यसलाई विस्तार गर्दै नेपालभर  हाम्रा उत्पादनहरु पु¥याउने लक्ष्य लिएका छौ ।
 
तपाई जस्ता उद्योगीहरुका लागि नेपाल सरकारबाट कस्तो किसिमको सहयोग गर्नुपर्ने आवश्यक छ ?

 
नेपाल सरकारले हामी जस्ता उद्योगी तथा व्यवसायीहरुलाई सहयोग गरेको छैन । बैंकबाट कर्जा लिई हामीले हाम्रो व्यवसाय संचालन गर्दै आएका छौ । बैंकबाट लिएको कर्जामा पनि समय समयमा ब्याजदर फरक फरक हुने हँुदा हामी र हामी जस्ता उद्योगीहरु समस्यामा पर्दै आएका छौ । हामी जस्ता व्यवसायीहरुलाई सरकारले सहयोग प्रदान गर्ने हो भने व्यवसायीहरु उत्साहित भई व्यावसायिक क्षेत्र अझै फराकिलो बन्ने थियो ।
 
 
यी दुई कम्पनी मार्फत कति जनालाई रोजगारी प्रदान गर्दै आउनु भएको छ ?

 
हाम्रो यी कम्पनीहरु प्राविधिक क्षेत्र सँग सम्बन्धित भएका कारण हामीले प्रविधिक क्षेत्रमा ज्ञान भएका प्राविधिकहरुलाई कम्पनीहरु मार्फत रोजगारी दिदैँ आएका छौ । अहिले यी दुई कम्पनीमा इन्जिनियर, टेक्निसियन र हेल्पर सहित २५ जनालाई हामीले रोजगारी प्रदान गर्दै आएका छौ ।  
 
उद्योगका लागि आवश्यक कच्चा पदार्थ कहा“बाट आयात गर्दै आउनु भएको छ ?

नेपालमा उत्पादन हुने भने फलामको चद्र एङगल बाहेक हामी उद्योगका लागि आवश्यक सम्पूर्ण  कच्चापदार्थ भारतबाट आयात गर्दै आएका छौ ।  
 
के तपाईहरुले कच्चापदार्थ आयात गर्दा भन्सारमा समस्या आउँछ ? भन्सारमा कस्तो किसिमका समस्या भोग्नु परेकोे छ ?

हामीले कच्चापदार्थ आयात गर्दा भन्सारमा अहिले सम्म त त्यति ठूलो समस्या झेल्नु परेको अवस्था छैन । हामीले ल्याएको सामाग्रीको नियम अनुसार भन्सार तिर्ने  हो । कहिलेकाहीँ भने भन्सारमा जिएसटी लगाएर सामग्री आयात गर्दा पनि भन्सारमा समस्या पर्ने गर्दछ  । 
 
यस कम्पनी माफर्त कति प्रकारका विद्युतीय मोटरहरुको  उत्पादन हुने गर्दछ ? यसको बारेमा बताई दिनुहोस् न । 

हाम्रो कम्पनी मार्फत हामीले ५(पाँच) प्रकारका विद्युतीय मोटरहरुको उत्पादन गर्दै आईरहेका छौ । २ हर्षपावर सम्म पानीका लागि र ३देखि ७.५ सम्म मेसिनहरुका लागि पुलि मोटर  उत्पादन हुने गर्दछ । 
 
के तपाईहरुले स्टेपलाईजरहरु पनि उत्पादन गर्दै आउनु भएको छ ?

हामीले कम्पनी मार्फत एक हजार केभीए सम्मका स्टेपलाईजरहरु उत्पादन गर्दै आएका छौ । यसले अहिले राम्रो बजार पाईरहेको छ । ठूला–ठूला कम्पनीहरुमा हाम्रो स्टेपलाइजर बिक्रि गर्दै आएका छौ । 
 
कम्पनी मार्फत उत्पादन हु“दै आएका ट्रान्सर्फमरले अन्य कम्पनीले उत्पादन गर्ने ट्रान्सर्फमर सँग कसरी प्रतिस्पर्धा गर्दै आएको छ ? 

हामीले उत्पादन गर्दै आएको ट्रान्सर्फमर गुणस्तरयुक्त छन् । हामीले उत्पादन गर्दै आएका ट्रान्सर्फमर नेपालमा प्रचलित ट्रान्सर्फमर जतिकै उपयुक्त छन् । हामीले उत्पादन सुरुवात गरेको लामो समय भएको छैन यद्यपि हाम्रो उत्पादनको ट्रान्सर्फमरको बजारको अवस्था पनि अहिले सम्म राम्रो नै रहेको छ । यसलाई अझै विस्तार गर्दै लैजाने हाम्रो लक्ष्य रहेको छ ।
 
कम्पनीका भावी योजनाहरु के–के रहेका छन् ? त्यसको बाारेमा बताईदिनुहोस् न । 

हाम्रो कम्पनी मार्फत उत्पादन हुँदै आएका सामग्रीहरुलाई विस्तार गर्दै, धेरै मात्रामा रोजगारीको अवसर सिर्जना गर्ने हाम्रो प्रमुख योजना रहेको छ । हामीले गुणस्तरयुक्त सामग्रीहरु उत्पादन गर्दै आएका छौ । नेपाली दक्ष युवाजनशक्ति नेपालमा काम नपाएर विदेशीनु पर्ने बाध्यता कायमै रहेको छ । यसको अन्त्यका लागि हाम्रो कम्पनीमार्फत केही सघाउ पुगोस् भन्ने उद्धेश्यका साथ हामी निरन्तर लागि पर्दै आएका छौ । 
 
नेपालगञ्जमा इलेक्ट्रिसियनहरुको सक्रियता कत्तिको रहेको पाउनु भएको छ ?

नेपालगञ्जमा  २ सय देखि ३ सयको हाराहारीमा इलेक्ट्रिसियनहरु  रहेका छन् । इलेक्ट्रिसियनहरु आफ्नो दक्षता अनुरुप कार्य गर्दै आएका छन् । इलेक्ट्रिसियनहरुलाई एक गराउन नेपालगञ्जमा इलेक्ट्रिसियन एशोसिएशन, बाँके समेत रहेको छ । यद्यपि इलेक्ट्रिसियनहरुलाई समस्या पर्दा इलेक्ट्रिसियनहरुको सहजता तथा सुविधाका लागि एशोसिएशन मार्फत रकम जम्मा गर्ने, इलेक्ट्रिसियन लाई समस्या पर्दा  र आवश्यक नपरेको रकम उद्योग व्यवसायमा लगाउन सके अझै सहज हुने थियो । 
 
अन्त्यमा के भन्न चाहनु हुन्छ ?

नेपालको आर्थिक विकासका लागि आम उपभोक्ताहरुले नेपाली उत्पादन लाई प्रोत्साहन गर्नु पर्दछ । विदेशबाट आयात गरिएका सामग्रीहरु मात्र गुणस्तरयुक्त हुन्छ भन्ने छैन, नेपालमा नै उत्पादन भएका सामग्रीहरु पनि गुणस्तरयुक्त हुन्छन् । सरकारले पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न जरुरी छ । भारत लगायतका देशहरुबााट उत्पादन हुने सामग्रीहरु लाई प्रतिस्थापन गर्दै स्वदेशी सामग्रीलाई प्रोत्साहित गर्दै लैजानु आवश्यक छ, जसले हामी जस्ता उद्योगीहरुलाई पनि केही सहज हुने थियो ।

प्रतिक्रिया