भर्खरै

प्रधानमन्त्री चढेको जहाज होल्ड भएपछि छानबिन समिति गठन

  • प्रकाशित मिति : Sat-23-Nov-2075
  • - Admin
title
 
काठमाडौँ  फाल्गुन २३ ।  प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज होल्ड भएको विषय छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ । बिहीबार मन्त्रालयले सहसचिवस्तरीय छानबिन समिति गठन गरेको हो।
 
४ सदस्यीय छानबिन समितिको संयोजकमा मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन्। अन्य सदस्यहरुमा मन्त्रालयको कानुन महाशाखाका उपसचिव सूर्यवंश शर्मा कँडेल, उपसचिव प्रकाश शर्मा ढकाल र नागरिक उड्डयन प्राधिकरणकी निर्देशक नबिना कर्माचार्य रहेका छन्। कर्माचार्यलाई समितिको सदस्य सचिव बनाइएको छ।
 
गत फागुन २१ गते मंगलबार प्रधानमन्त्री ओली झापाबाट काठमाडौं आउँदै गर्दा त्रिभुवन विमानस्थलमा जहाजको चाप रहेको भन्दै काठमाडौं एटिसीले २० मिनेट जहाज होल्ड गरेको थियो। भीभीआइपी फ्लाइट भएको बेला अन्य उडानहरु क्लियर गरेर भीभीआइपी उडानलाई अवतरण गर्न दिने चलन छ।
 
यति एयरलाइन्सको एटिआरजहाज होल्ड भएको थियो।
 
तर प्रधानमन्त्री ओली नै चढेको जहाज २० मिनेट होल्डमा बसेपछि कारण पत्ता लगाउन छानबिन समिति बनाइएको मन्त्रालय स्रोतले जनाएको छ। समितिले ७ दिन भित्र प्रतिवेदन दिने बताइएको छ।  स्रोत ः कान्तिपुर 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago