भर्खरै

अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेपछि निगमलाई सकस

  • प्रकाशित मिति : Sun-24-Nov-2075
  • - Admin
title
काठमाडौँ, २३ फागुन ।  पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमिक रुपमा वृद्धि भएपछि नेपाल आयल निगमलाई मूल्य समायोजन गर्न सकस परेको छ । विसं २०७१ देखि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअन्तर्गत मूल्य समायोजन हुँदै आएकामा अन्तर्राष्ट्रिय बजारमा छिटोछिटो मूल्यमा हेरफेर हुनेहुँदा त्यसका आधारमा वास्तविक नाफाघाटा गरी मूल्य समायोजन गर्न निगमलाई सकस परेको हो । 
 
यही फागुन ४ गते ‘इण्डियन आयल कर्पोरेशन’ (आइओसी) बाट प्राप्त मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर रु ७७ पैसा र डिजेलमा प्रतिलिटर १ रुपैयाँ ८४ पैसा बढेर आएपनि निगमले सर्वसाधारणको हितलाई ध्यानमा राखी हाललाई पेट्रोलियम पदार्थको साविककै बिक्री मूल्यलाई यथावत कायम राखेको छ । अहिले विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धि भइरहेको छ । गत माघ २ गते आइओसीबाट प्राप्त मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ६३ पैसा र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ५७ पैसा वृद्धि भई आएपनि यस अवधिमा निगमले पेट्रोल र डिजल दुवैमा प्रतिलिटर रु २ मात्र वृद्धि गरेको थियो । 
 
मूल्यवृद्धि हुँदा सर्वसाधारण मारमा पर्ने र मूल्य नबढ्दा निगम घाटामा जाने स्थितिलाई हाल सञ्चालित स्वचालित मूल्य प्रणालीले समेट्न नसकेको विश्लेषणसहित निगमले यसप्रणालीलाई थप वैज्ञानिक बनाउने तयारी गरेको छ । इन्डियन आयल कर्पोरेशनले दैनिकरुपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आए पनि निगमले भने १५÷१५ दिनमा मूल्य समायोजन गर्दै आएको छ । यसरी मूल्य समायोजन गरेको अवस्थामा विश्वबजारमा इन्धनको मूल्य वृद्धि हुँदा निगमले घाटा व्यहोर्दै आएको थियो । त्यस्तै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दासमेत उपभोक्ताले बढी मूल्य तिर्नुपरेको अवस्था थियो । 
 
मूल्य समायोजन गर्दा कायम रहेको खुद्रा बिक्री मूल्यलाई आधारमूल्य मानी सोको दुई प्रतिशतभन्दा बढी वा कमको दायराभित्र रहेर मूल्य घटबढ हुँदै आएको छ । दुई प्रतिशतभन्दा बढी वा कमले मूल्य समायोजन गर्नुपर्ने अवस्थामा मूल्य बढेर आउँदा सम्पूर्ण घाटा पूर्ति हुन नसकी महिनामै रु दुई अर्बसम्मको घाटा र एक्कासि बढ्दा सोही बराबरको नाफा हुने तर नाफा भएको अवधिलाई मात्र हेरी नाफा बढिरहेको मान्न नमिल्ने निगमको दाबी छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भन्नुभयो, “हाम्रो नियमावलीमा छ÷छ महिनामा नाफाघाटाको समीक्षा गर्नुपर्छ भन्ने छ, जबकी आइओसीले दैनिक दररेट पठाउँछ । हामीलाई स्वचालित प्रणाली कसरी बैज्ञानिक बनाउने भन्ने चुनौती थपिएको छ ।” 
 
अमेरिकी डलरको सहटी दर र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आउने उतार चढावले पेट्रोलियम पदार्थको मूल्य निर्धारण हुँदै आएको छ । निगमले रक्सौल बरौनीको औषत भारु खरिद मूल्य, भन्सार शुल्क, सडक मर्मत सम्भार कर, पूर्वाधार कर, प्रदूषण शूल्क, मूल्य स्थिरीकरण कोष, मूल्य अभिवृद्धि कर ९भ्याट०, ढुवानी भाडा, बीमा खर्च, प्रशासनिक एवं बिक्री खर्च, प्राविधिक नोक्सानीलगायत खर्चका आधारमा मूल्य समायोजन गर्दै आएको छ । सोही प्रणालीका आधारमा निगमले हालसम्म २० पटक मूल्यवृद्धि र १५ पटक मूल्य घटाई समायोजन गरेको निगमले जनाएको छ । 
 
निगमको कार्य सञ्चालन र व्यवस्थापनमा गर्नुपर्ने सुधार, पेट्रोलियम पदार्थको आपूर्ति र वितरण प्रक्रियालाई व्यवस्थित गर्ने सम्बन्धमा अध्ययन गरी सुझाव दिन २०६१, २०६८ र २०७४ सालमा संसदीय समिति र सरकारी कार्यदलले दिएका सुझाव हालसम्म पूर्ण कार्यान्वयनमा नआएको विज्ञहरु बताउँछन् । इन्डियन आयल कर्पोरेशनले हरेक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउँदै आएको छ । चाडपर्वको समयमा सरकार, संसद् तथा संसदीय समितिको निर्देशनका कारण मूल्य समायोजनमा निगम छिटोछरितो निर्णयमा पुग्न सकेको छैन । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago