भर्खरै

कोसीटुप्पु आरक्ष क्षेत्रमा विद्युतीय तार

  • प्रकाशित मिति : Fri-29-Nov-2075
  • - Admin
title
 
उदयपुर, फागुन । कोसीटुप्पु आरक्ष क्षेत्रमा विद्युतीय तारबार लगाईएको छ ।  जंगली हात्ती र कोसीटप्पु वन्यजन्तु आरक्षबाट आउने अर्नाको आक्रमणबाट बच्न उदयपुरको बेलका नगरपालिका–९ भागलपुरमा विद्युतीय तारबार लगाइएको हो । अर्ना र हात्तीलगायतका आरक्षका जंगली जनावरबाट स्थानीयको ज्यानैसमेत जान थालेपछि कोसीटप्पु वन्यजन्तु आरक्ष र बेलका नगरपालिकाको लगानीमा तारबार लगाइएको छ । करिब १ करोड २४ लाख रुपैयाँको लागतमा झण्डै २० किमि लामो विद्युतीय तारबार लगाइएको छ । विद्युतीय तारबार लगाए पछि स्थानीय ढुक्क भएका छन् ।   
कोसीटप्पु आरक्षभित्र रहेका संरक्षित अर्ना, हात्ती, बँदेल र मृगलगायतका जनावरले स्थानीयको अन्नबाली खाइदिने, घरहरू भत्काइदिने र मानवीय क्षतिसमेत गर्न थालेपछि त्यसको रोकथामका लागि गत वर्षदेखि क्रमागत रूपमा विद्युतीय तारबार लगाउन थालिएको हो । बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाका अनुसार  हालसम्म उदयपुर जिल्लामा पाँच, सप्तरीमा तीन र सुनसरीमा १२ गरी जम्मा २० किमि लामो सौर्यऊर्जाबाट चल्ने विद्युतीय तारबार लगाइएको बताए । विद्युतीय तारबारका लागि आरक्षबाट करिब एक करोड र बेलका नगरपालिकाबाट २४ लाख रुपैयाँ खर्च भएको  प्रमुख थापाले जानकारी दिए ।  पूर्वगाविस अध्यक्ष डिल्लीराम विमलीका अनुसार उदयपुरतर्फ अझै १० किमि जति आरक्ष सीमा क्षेत्रमा विद्युतीय तारबार बनाउन आवश्यक रहेको बताए । गाउँबस्तीमा आरक्षका संरक्षित जंगली जनावरले पु¥याउने क्षतिलाई न्यूनीकरण गर्न नगरपालिकाले आगामी वर्ष पनि यस किसिमको विद्युतीय तारबार बनाउने कार्यलाई क्रमागत रूपमा निरन्तरता दिने भएको छ । यसका लागि आवश्यक रकम विनियोजन गरेको बेलका नगरपालिकाका प्रमुख थापाले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago