संघ दुई चार जनाको भावना र निर्णयमा चल्नु हुँदैन

  • प्रकाशित मिति : Fri-29-Nov-2075
  • - शशिधर जैशी लामिछाने, निर्वतमान अध्यक्ष, विद्युत व्यवसायी संघ चितवन
title

सफल अध्यक्ष ः शशिधर जैशी लामिछाने
अध्यक्ष ः विस २०७३ देखि ०७५, विद्युत व्यवसायी संघ चितवन  । मिहिनेत गरे सफल भईन्छ, अझ भनौँ मिहिनेत गरे सफलता हामीबाट धेरै टाढा छैन । मात्र इच्छा शक्ति र संकल्प चाहिन्छ । बाग्लुङ्गबाट २०३९ सालमा बसाईसराईं गरेर चितवनको माडीमा आएका लामिछानेले जिल्लाकै विद्युत व्यवसायी संघको नेतृत्व गर्न सफल भए । साविकको माडी गाविसबाट सदरमुकाम भरतपुर आएर जिल्लाकै नेतृत्व लिन आफैमा चुनौती थियो । तर उनको इमान्दारीता र लगनशीलताले विद्युत व्यवसायी संघ चितवनको अध्यक्ष मात्र बनेन सफल अध्यक्ष रुपमा स्थापित भए । विस २०७३ फागुन ९ गते सर्वसम्मत अध्यक्ष बनेका लामिछाने नारायणगढ बजार क्षेत्र बाहिर व्यवसाय गर्ने पहिलो अध्यक्ष बनेर इतिहास रचे । विद्युत व्यवसायी संघ चितवनमा १० वर्ष बिताएका शशिधर जैशी लामिछानेको भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित बुद्ध चोकमा ‘ न्यू लामिछाने बिजुली पसल’ सञ्चालनमा छ । लामिछाने टेक्निसियन बाट विद्युत व्यवसायी बनेका हुन । विद्युत व्यवसायी संघको पाँचौं अधिवेशनले निवर्तमान अध्यक्ष बनेका उनि  १० वर्षअघि चितवन विद्युत व्यवसायी संघमा आवद्ध भएका थिए । लामिछानेले संघमा ४ वर्षसम्म सदस्य पदमा रहेर काम गरे । उनी दुई दुई वर्ष तृतिय उपाध्यक्ष र प्रथम उपाध्यक्ष भएर सघंमा काम गरेका थिए । संघभित्र रहँदा उदाहरणीय काम गर्नुपर्छ भन्ने सोच राख्थे । संघमा जतिबेला पुरानो संरचना थियो त्यो परिमार्जित हुनु पर्छ भन्ने सोचसहित  उनि अघि बढेका थिए । संघ दुई चार जनाको भावना र निर्णयमा चल्नु हुँदैन भन्ने नै उनको ध्येय थियो । उनी कार्य समितिमा नै रहँदा पनि धेरै कुरा सुधार ल्याएका थिए ।  उनले संघ भाषणले मात्र नचल्ने भन्दै संघभित्रै प्यानल नै बनाएर संघको सुदृढिकरणमा लागे । उनी संघमा सक्रिय हुँदै गर्दा होस् वा अध्यक्ष हुँदा उनलाई ठुला व्यवसायीहरुले राजनीतिसँग जोडेर चरित्रहत्या समेत गर्न खोजेकोे तितोपल अझै सम्झन्छन् । उनि भन्छन् ‘त्यस बेला मलाई केहि साथीहरुले गर्नु भएको व्यवहारले काम गर्न हौसला प्रधान हुन्थ्यो । त्यसैले आज सफल कार्यकाल सम्पन्न भएको छ ।’ संघ भित्र मेरो नयाँ योजनाहरु कार्यन्वयनको चरणमा छन् । संघले व्यवसायीहरुको हकहित मात्र हैन । सामाजिक कार्यमा समेत ठुलो टेवा पु¥याएको छ–उनले भने । 
 
 के–के काम भयो लामिछानेको कार्यकालमा 

चितवनको गौरव र गरिमामय प्रस्तुती रुपमा हेरिने चितवन महोत्सवमा पहिलो पटक ऊर्जा व्यवस्थापन सम्बन्धी कार्यशाला गोष्ठी उनकै अध्यक्षतामा सम्पन्न भयो । विद्युत उपभोक्ताहरुलाई विद्युतिय सामानहरुको उपयोग गर्नको लागि तथ्याङकसहित आयातित ग्याँसभन्दा नेपालमा उत्पादित विद्युतको उपयोगलाई प्रोत्साहन सहित सचेतना दिन गोष्ठी सफल भएको उनको बुझाई छ  । गत वर्षहरुको निरन्तरता स्वरुपमा थप व्यवस्थित रुपमा उनको टिमले चितवन महोत्सवमा इलेक्ट्रिक परिसर राख्न सफल भयो । शहरी विकासको अवधारणा अनुसार स्मार्ट सिटी निर्माणका लागि जिल्लाभित्र नक्सा पास गरी बन्ने घरहरुमा ईलेक्ट्रिकको पनि नक्सा पास गरी नेपाल सरकार वा सो सरहका संस्थाबाट दक्षताको प्रमाण पत्र लिएको दक्ष प्राविधिकबाट वायरिङ्ग गर्ने व्यवस्था गर्नुपर्ने मागसहित महानगरपालिकामा ज्ञापनपत्र बुझाउने काम गयो । सामाजिक कार्यमा आफुलाई दह्रो रुपमा प्रस्तुत गर्दै माडीका विद्यार्थीहरुलाई स्टेशनरी, खेलकुद र शैक्षिक सामाग्रीसमेत वितरण गरियो । उनको कार्यकालमा व्यवसायी, उपभोक्ता र इलेक्ट्रिसियनको बीचमा हुने अन्तरक्रिया कार्यक्रमले पनि निरन्तर रुपमा संचालन गरियो । लामिछानेले नेतृत्व सम्हालेपछि विद्युत व्यवसायसँग सम्बन्धीत धेरै महत्वपूर्ण कामहरुले सम्पन्न गरेका छन् । विद्युत व्यववसायीहरुको छाता संगठन विद्युतीय व्यवसायी संघले चितवन शाखालाई देशकै उत्कृष्ट दोस्रो शाखाबाट सम्मान ग¥यो । संस्थाको बैकं मौज्दातमा पनि उनको कार्यकालमा थप सुधार आएको छ । सामान्य स्टेशनरी खर्चको लागि पनि  सोच्नु पर्ने संघ भित्रको अवस्थाका अन्त्य भएको छ । सानो लागानीको विद्युली पसल, त्यो पनि नारायणगढ बजारबाहिर संञ्चालन गरिरहेका लामिछानेको नेतृत्वले सकारात्मक बाटोमा व्यवसायीलाई डोराएको छ । यो नै उनको जीवनको सबैभन्दा ठुलो सफलता हो ।सामाग्री ः शशीधर जैशी लामिछाने संगको कुराकानीमा आधारित

प्रतिक्रिया