भर्खरै

विद्युत व्यवसायी संघ चितवनमा लामिछानेको नेतृत्व

  • प्रकाशित मिति : Fri-29-Nov-2075
  • - Admin
title

 
चितवन,फागुन । विद्युत व्यवसायी संघ चितवनको नवौँ वार्षिक साधारणसभा तथा पांचौं अधिवेशनले भरतप्रसाद लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । लामिछानेको नेतृत्वमा संघले निर्विरोध १७ सदस्यीय कार्यसमिति गठन गरेको हो । 
कार्यसमितिको प्रथम उपाध्यक्षमा डोलराम न्यौपाने, द्वितीय उपाध्यक्षमा नवराज सुवेदी, तृतीय उपाध्यक्षमा विष्णु प्रसाद चालिसे, सचिवमा कृष्ण सुवेदी, कोषाध्यक्षमा गोर्ख प्रसाद सापकोटा, सहसचिवमा राजेश गौतम तथा सहकोषाध्यक्षमा खगराज अधिकारी चयन भएका छन् । त्यस्तै संघको सदस्यमा सुरज राना, रामनाथ चौधरी, प्रमानन्द सापकोटा, प्रविण पौडेल, दिनेश गौतम, सन्तोष अधिकारी चयन भएका छन् । संस्थाको नियम अनुसार चौथो अधिवेशन बाट अध्यक्ष बनेका शशीधर जैशी लामिछाने निवर्तमान अध्यक्ष हँुदा  सोमबार सम्पन्न अधिवेशनलेनै जयस चौधरी र नारायण वन्छीलाई कार्यसमिति सदस्यमा मनोनित १७ सदस्य कार्यसमिती सदस्य पुरा गयो ।
 २०६६ सालमा पाँच जनाबाट सुरु भएको विद्युत व्यवसायी संघमा अहिले दुई सय १५ जना सदस्य आवद्ध रहेका छन् । उद्घाटन सत्रका कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलले व्यवसायीहरुलाई सीपमूलक तालीम आवश्यक रहेको बताउँदै व्यवसायीहरु लाई महासंघ संग सहकार्य गर्नको लागि अनुरोध समेत गरे । व्यवसायीहरुले तालिम लिएर आएपछि अन्य व्यक्तिलाई समेत तालिम दिन सक्ने र कामको गुणस्तरमा वृद्धि हुने खरेलको भनाइ थियो । 
व्यवसायीको नेतृत्व, व्यक्तित्व र बैठक संचालनको तालिम अति आवश्य रहेको बताउँदै खरेलले जिल्लाको व्यवसायीहरु संग आफुहरु सहकार्य गरेर अघि बढ्न तत्पर रहेको समेत कार्यक्रममा बताए ।  सो कार्यक्रममा उद्योग संघ चितवनका उपाध्यक्ष मदन घिमिरे, विद्युतीय व्यवसायी महासंघका उपाध्यक्ष सुदर्शन पौडेल, चेम्बर अफ कमर्शका चितवन अध्यक्ष दीर्घमान श्रेष्ठ, विद्युत व्यवसायी संघ चितवनका पूर्व अध्यक्षहरु प्रजापति सापकोटा, ऋषि प्रसाद लामिछाने, विद्युत व्यवसायी संघ चितवनका  संस्थापक अध्यक्ष वामदेव शर्मा, नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनकी  अध्यक्ष पवित्रा जोशी, विद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अशोक लामिछाने, विद्युत व्यवसायी संघ रुपन्देहीका अध्यक्ष प्रकाश पाण्डेय, तनहूँका अध्यक्ष शन्तमान श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा कृष्ण सुवेदीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभा शशीधर जैशी लामिछाने को अध्यक्षतामा भएको थियो।

प्रतिक्रिया