भर्खरै

स्वदेशी पूँजी लगानी नगरे समृद्धि हासिल गर्न कठिन हुन्छ :इपान अध्यक्ष गुरागाई

  • प्रकाशित मिति : Fri-29-Nov-2075
  • - Admin
title
 
काठमाडौँ,  फागुन । ‘समृद्ध नेपालका लागि जलविद्युत’ विषयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अन्तरक्रियामा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले स्वदेशी पूँजी लगानी नगरे समृद्धि हासिल गर्न कठिन हुने बताएका छन् । 
मुलुकको आर्थिक समृद्धिका लागि छरिएर रहेको स्वदेशी पूँजी सङकलन गरी ठूला जलविद्युत् परियोजनामा लगानी गरिनु पर्नेमा जोड दिदंै उनले निश्चित ढाँचाका आधारमा मुनाफाको सुनिश्चित गरेर पूँजी संकलन गरिनुपर्ने बताए । 
 बाध्यकारी ऐन बनाएर विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मी तथा पहुँच भएका सर्वसाधारणसँग रकम संकलन गरेर समृद्ध राष्ट्र निर्माणको महाअभियानमा आम जनतालाई सरिक गराउनु पर्ने पनि उनले बताए ।  
अध्यक्ष गुरागाईका अनुसार सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको बताउँदै सरकारी तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्रै उक्त उपलब्धि प्राप्त गर्न सम्भव हुने बताए ।  
जलविद्युत आयोजना चाँडो निर्माण सम्पन्न गर्ने कार्य योजनाको ढाँचा प्रस्तुत गर्दै आयोजनाको अध्ययन बढीमा १२ महिनाभित्र सक्ने व्यवस्था गर्नुपर्ने उनले बताए  । 
विद्युत् खरीद–बिक्री सम्झौता (प्रदेश सरकारले गर्ने), अध्ययन सकेको दुई महिनाभित्र निर्माण प्रक्रियामा जानुपर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिदंै उनले ठेक्का प्रक्रियालाई थप सरल र सहज बनाउनु जरुरी रहेको र जस्तोसुकै आयोजना पनि चार वर्षभित्र सक्ने गरी सहज वातावरण बनाउनुपर्ने बताए । इपानले निजी क्षेत्रका आयोजनालाई सहजीकरण गर्दै आएको जानकारी दिँदै उनले सात मन्त्रालय, २१ विभाग जानुपर्ने अवस्था अझै पनि कायम रहेकाले काम गर्न समस्या भएको बताए । सबै वर्ग तथा क्षेत्रलाई जलविद्युत क्षेत्रमा सहज लगानी गर्ने वातावरण बनाउन सकिए केही ठूला परियोजनामा लगानी गर्न पुग्ने आर्थिक स्रोतको समेत जोहो हुने उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago