भर्खरै

स्थानीय सरकारले इलेक्ट्रिसियनहरुको मागको सम्बोधन गर्दछ :गोदावरी नगरपालीका प्रमुख महर्जन

  • प्रकाशित मिति : Thu-05-Dec-2075
  • - Admin
title

रुपा तुलाधर
ललितपुर, चैत । गोदावरी नगरपालीका प्रमुख गजेन्द्र महर्जनले अहिलेको स्थानीय सरकारले  विद्युतीय क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरुको मागको सम्बोधन गर्ने बताएका छन् । नेपाल इलेक्ट्रिसियन संघको तेस्रो वृहत बनभोज कार्यक्रममा उनले यस्तो बताएका हुन् । विद्युतीय क्षेत्र जोखिमपूर्ण क्षेत्र रहेको बताउदै उनले गुणस्तरयुक्त विद्युतीय सामग्री प्रयोग गर्न आग्रह गरेका थिए । उनले भने “हामी करडौँको घर तथा भवन निर्माण गर्दछौ तर कमसल विद्युतीय सामग्री प्रयोग गरी सम्भावित दुर्घटनाको जोखिम बढाई रहेका हुन्छौ । यसका लागि संघले आवश्यक पहल गर्नु पर्दछ ।”  विकसित देशहरुमा विद्युतीय दुर्घटनाहरु नहुने उल्लेख गर्दै उनले विकसित देशको जस्तै अभ्यास गर्नु पर्ने बताए । कार्यक्रममा  प्रमुख महर्जनले इलेक्ट्रिसियनहरुलाई सुरक्षित भएर काम गर्न समेत आग्रह गरेका थिए । देशभरका स्थानीय तहमा इलेक्ट्रिसियन संघको विस्तार हुनुपर्नेमा जोड दिदै उनले इलेक्ट्रिसियनहरुको क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नु पर्ने र यसका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए ।  
कार्यक्रममा संघका अध्यक्ष भीमलाल श्रेष्ठले विद्युतीय क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरुको हितका लागि संघको स्थापना भएको र इलेक्ट्रिसियनहरुको हितका लागि निरन्तर लागि परिरहने बताए ।  अध्यक्ष श्रेष्ठका अनुसार आगामी चैत १५ गते संघ स्थापना भएको १२ वर्ष पुग्ने बताउदै स्थापना दिवसको अवसरमा क्यालेण्डर प्रकाशनका लागि जमर्को गरिरहेको जानकारी दिए । इलेक्ट्रिसियनहरुको अधिकारका लागि काठमाण्डौ महानगरपालिका, सहरी विकास भवन, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिईभिटि) संग पहल गरीरहेको भएपनि यसलाई वेवास्ता गरेको उनले बताए ।  उनले भने “इलेक्ट्रिसियनले बत्ति मात्रै जडान गर्दैन, विद्युत उपभोग गर्ने आम मानिसको समेत जिवन रक्षा गर्दछ त्यसैले महानगरपालिका बाट इलेक्ट्रिसियनको कार्यदक्षताका आधारमा अनुमति पत्र प्रदान गर्नु पर्दछ ।”घर तथा भवन निर्माण गर्दा अनिवार्य रुपमा इलेक्ट्रिक नक्शा हुनु पर्ने उनले बताए । उनले इलेक्ट्रिसियनहरुलाई व्यवसायमा सामेल गराउन  एनइए ग्रुप सञ्चालनमा ल्याएको जानकारी दिए । 
हेटौडा इलेक्ट्रिसियन संघ का अध्यक्ष देबु चौलागाइले इलेक्ट्रिसियनहरुको हक अधिकारका लागि इलेक्ट्रिसियनहरु एकजुट हुनु पर्ने बताए । उनले भने “अहिले देशका १२ स्थानमा इलेक्ट्रिसियन संघ स्थापना भएको छ । अब देश भरका ७७ ओटै जिल्लामा इलेक्ट्रिसियन संघ स्थापना हुनु पर्छ ।”
त्यस्तै गोरखा इलेक्ट्रिसियन संघका उपाध्यक्ष कृष्ण पुडासैनीले इलेक्ट्रिसियनहरुको ज्यालादर निर्धारण हुनु पर्ने  र यसका लागि संघले पहल गर्ने बताए । 
इलेक्ट्रिसियन एशोसिएशन नेपालगञ्जका अध्यक्ष नारायणदत्त पोखरेलले इलेक्ट्रिसियनहरु एक जुट भई अघि बढ्नु पर्ने बताए । 
संघले आयोजना गरेको बनभोज कार्यक्रमको मूख्य प्रायोजक जानकी केबुल इण्डष्ट्रिज, सहप्रयोजकहरु शुभम इलेक्ट्रिकल्स, स्टारसिड टेक्नोलोजी प्रा.लि, पावर एण्ड लाईटिङ्ग सोलुशन प्रा.लि, सत्यसाई इलेक्ट्रिक सप्लार्यस र शिखर केबुल इण्डष्ट्रिज प्रा.लि रहेको थियो । बनभोज कार्यक्रममा करिव १ सय ७० भदा बढी इलेक्ट्रिसियनहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 7 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 12 hours ago