भर्खरै

त्रिशुली जलविद्युतको शेयर आजदेखि खुला, प्रतिकित्ता १० रुपैयाँ

  • प्रकाशित मिति : Sat-07-Dec-2075
  • - Admin
title

काठमाडौं,  चैत । त्रिशुली जलविद्युत् कम्पनीको साधरण शेयर आज देखि खुलेको छ । कम्पनीले ३७ करोड ५ लाख रुपैयाँ बराबरको ३७ लाख ५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये १ लाख ११ हजार १ सय ५० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ  भने बाँकी ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
 
 
कम्पनीको शेयर पहिलो चरणमा प्रतिकित्ता १० रुपैयाँमा आवेदन दिन सकिने छ । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ भए पनि बाँकी रकम कम्पनीले दोस्रो चरणमा माग गर्नेछ । यो  साधारण शेयर चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा वैशाख ६ गतेसम्म भर्न सकिनेछ ।
 
त्रिशुलीको यस आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले न्यूनतम १ सय कित्ता देखि अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । यसमा आइपीओमा सि–आस्वा मार्फत आवेदन दिन सकिनेछ । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत त्रिशुलीको यो पहिलो साधारण शेयर हो । सरकारले फागुन २ गते घोषणा गरेको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत त्रिशुलीको साधारण शेयर जारी हुन लागेको हो । 

प्रतिक्रिया