भर्खरै

सिक्टा आयोजना पूरा गर्न प्रतिवद्ध छु : ऊर्जा मन्त्री पुन

  • प्रकाशित मिति : Sat-07-Dec-2075
  • - Admin
title
रुपा तुलाधर 
ललितपुर, चैत । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले सिक्टा सिँचाइ आयोजना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल इञ्जिनीयरिङ एशोसिएशनले शुक्रबारआयोजना गरेको पूर्वाधार विकास बहसमार्फत सिक्टा सिँचाइ आयोजनाका समस्या र समाधान विषयको कार्यक्रममा विभिन्न समस्याका कारण लामो समय देखि सिक्टा आयोजना पुरा हुन नसकेको प्रति दुःख व्यक्त गर्दै मन्त्री पुनले आफ्नो कार्यकालमा आयोजनामा आएका समस्याहरुको समाधन गर्दै आयोजना पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।   
आयोजना निर्माणका क्रममा घुलनशील माटोका कारण  समस्या आएकाले आयोजना अघि बढाउन समस्या भएको उनले बताए । घुलनशील माटोको समस्या सबैका लागि नयाँ भएको उनले बताए । आयोजनालाई अध्ययनको विषय बनाएर अघि बढ्नुपर्ने बताउँदै मन्त्रीले पुनले निर्माणमा भएका कमी कमजोरी पहिल्याउन आवश्क रहेको बताए ।   मन्त्री पुनले यस आयोजनामा परेका ४२ वटा ठेक्कामध्ये १५ वटा पूर्ण भइसकेको जानकारी समेत दिएका थिए । ठेक्का लिन हतार गर्ने तर त्यस कामलाई पूर्णता नदिने समस्या र परिपाटी नेपालमा धेरै देखिएको बताउँदै ठेकेदारहरुको प्रस्तुतिमा समस्या देखिएको उनले बताए । आयोजना निर्माणमा मन्त्रालयले निरन्तर आफ्ना पहलहरु अघि बढाइरेहको पनि उनले बताए । 
सिक्टा सिँचाइ आयोजनाका निर्देशक इञ्जिनियर कृष्ण नेपालले वि.स २०३२÷३३ मा आयोजनाको सम्भाव्यताको अध्ययन भएको र २०६३÷६४ देखि आयोजना निर्माण सुरु भएको जानकारी दिदैं आयोजना निर्माण पश्चात बाँके जिल्लाको ४२ हजार हेक्टर क्षेत्रमा सिचाई गर्न सकिने बताए ।  उनले भने  “यस आयोजना समयमा नै पुरा भएमा वर्षेनी तीन लाख जनताले रोजगार पाउने छन् ।” 
आयोजनाको मूख्य समस्याका रुपमा ठेक्का व्यवस्थापनमा समस्या, निकुञ्ज क्षेत्र नजिक बाढी व्यवस्थापन हुन नसक्नु र घुलनशील माटोको समस्या  रहेको बताए ।  आयोजनामा आएका यस्ता समस्याहरुको समाधान गर्नुपर्ने पनि उनले बताए । निर्माण व्यवसायी महासङ्घका सल्लाहाकार जयराम लामिछानेले पूर्वाधार विकास राष्ट्र निर्माणको बलियो आधार भएकाले छिट्टै समाधान गर्न लाग्नुपर्ने  बताए  । आयोजनामा १५ अर्बभन्दा बढी लगानी भइरहेको  बताउँदै कामलाई निरन्तरता दिनुपर्ने उनले बताए । इञ्जिनीयरिङ एशोसिएशनका परामर्शदाता ठाकुरप्रसाद शर्माले कामदार, ठेकेदार र परामर्शदाताको मिलेमत्तोका कारण परियोजना अघि बढ्न नसकेको कुरा गतल बुझाइरहेको बताए । इञ्जिनियरले खतराको मूल्याड्ढन कसरी गर्ने भन्नेमा बढी ध्यान दिनुपर्ने समेत बताएका थिए । सिँचाइ विभागका पूर्वनिर्देशक शिवकुमार शर्माले ४५ किमिको आयोजनामध्ये छ किमिमा धुलनशील माटोले समस्या पारेको जानकारी दिए । आयोजनालाई सफल बनाउन नीति गत व्यवस्थापन गरी  अघि बढ्नुपर्ने बताए ।  
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago