प्रधानमन्त्रीले किने जनताको जलविद्युत कार्यक्रमको १० हजार कित्ता शेयर,सर्वसाधारणका लागि पनि आजैबाट खुल्ला

  • प्रकाशित मिति : Mon-02-Dec-2075
  • - Admin
title

प्रदिप श्रेष्ठ
काठमाण्डौ,चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पानी जनताको लगानी,हरेक नेपाली विद्युतको शेयर धनी भन्ने नाराका साथ अघि बढाईएको जनताको जलविद्युत कार्यक्रमको पहिलो शेयरको आवेदन प्रधानमन्त्रीबाट शुरुवात भएको छ ।
 ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले माथिल्लो त्रिशुली ३ बी को  १० हजार कित्ता शेयरका लागि आवेदन दिएको हो । 
उनकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिएका छन् । यस आयोजनामा शुरुमा शेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ । 
प्रधानमन्त्री ओलीले शेयर खरिद गर्दै जनताको जलविद्युत कार्यक्रम नारामा मात्रै नभई व्यावहारिक रुपमा नै लागु भएको बताएका छन् । हामीले आफ्नो स–साना पुजीलाई संकलन गरेर पनि ठूला कामहरु गर्न सकिने तर्क दिदैं यस कार्यक्रममा सबै नेपाली जनताहरुलाई सहभागी भई लगानी गर्न आवहन गरेका छन् । नेपाल विश्वमा नै ऊर्जा जलस्रोतको धनी देश हो तर ऊर्जाको सदुपयोग हुन नसकिएको अवस्थामा यस कार्यक्रमलाई प्रारम्भिक र प्रयोगात्मक हिसाबले अघि बढी कार्यक्रमलाई पुरा गरेरै छाड्ने प्रतिबद्धता प्रधानमन्त्री ओलीले गरेका छन् । उनले भने “जुन देशका जनताले आफ्नो देश आफै बनाउनु पर्छ भनी सोच्दछ त्यो देश अवश्य नै विकास हुन्छ” । 
इच्छुक लगानीकर्ताहरुले १०० देखि १० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने र  आवेदनका लागि हाल १० प्रतिशत भुक्तानी र आयोजनाको काम ५० प्रतिशत सम्पन्न भएपछि बाकी रकम भुक्तानी गर्न सकिने माथिल्लो त्रिशुली ३ बी का प्रबन्धक मोहन प्रसाद गौतमले बताए । उनले भने हामीसँग ३७ लाख ५ हजार कित्ता शेयर मात्र रहेको छ,त्यसैले छिटोमा आजबाट चैत ११ गते सम्ममा आवेदन दिन सकिनेछ भने आवेदन नपुगेको खण्डमा २०७६ बैशाख ०६ गते सम्म आवेदन दिन सकिने उनले बताए  ।  
 

प्रतिक्रिया