भर्खरै

 ‘वार्षिक दुई हजार प्राविधिक जनशक्ति उत्पादन गर्ने योजनामा छौ’

  • प्रकाशित मिति : Sat-07-Dec-2075
  • - बैकुण्ठ श्रेष्ठ, उपप्रमुख, बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजि कलेज
title

प्राविधिक जनशक्ति देशको आर्थिक विकासको मेरुदण्ड हो । प्राविधिक जनशक्ति जति उत्पादन हुन्छ त्यति नै देशलाई आर्थिक फाइदा हुन्छ । अहिले नेपालमा प्राविधिक जनशक्तिको आवश्यकता बढ्दै गएको छ यसै बीच बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजि कलेजका उपप्रमुख बैकुण्ठ श्रेष्ठ सँग नेपालमा प्राविधिक शिक्षाको अबस्था, प्राविधिक जनशक्तिको आवश्यकता, यसले देशलाई पुर्याउने फाईदा सरकारले दिएको प्राथमिकता, लगायतका विषयमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश ः

 
बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजी  कलेज (BSET)का बारेमा बताईदिनुहोस् न ?

बालाजु  स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजीका नेपालको इतिहासमा नै पहिलो प्राविधिक विद्यालय हो । स्वीस सरकारको आर्थिक सहयोगमा  वि.स २०१८ सालमा ललितपुर को जावलाखेल बाट एउटा कोठामा ८ जना विद्यार्थी बाट तिन वर्षको तालिम शुरुवात गरि केहि समय पछि बालाजुमा यस विद्यालयको स्थापना भएको हो ।  नेपालमा पनि प्राविधिक शिक्षाको सम्भाव्यता तथा आवश्यकता महशुस गरी स्थापना भएको यस कलेजबाट स्थापनाका समयमा जनरल मेकानिकल ट्रेनिङ्ग मात्र दिने गरिन्थ्यो । २०३८ सालमा इलेक्ट्रिकल ट्रेनिङ्ग  र २०३९ सालबाट स्यानिटेसन ट्रेनिङ्ग (प्लम्बिङ्ग)  विषयहरुमा पनि दिदै आएका छौ । सुरुमा यस कलेजको नाम मेकानिकल ट्रेनिङ्ग सेन्टर (MTC) रहेको थियो । २०६४ साल पछि  भने बालाजु  स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजीका रुपमा रहेको छ ।
हामीले २०५७ सालदेखि ३ वर्षे इलेक्ट्रिक डिप्लोमा कक्षा सञ्चालन गर्यौ । यस कलेजमा वि .सं २०६८ सालमा सिभिल  इन्जिनियरीङ्ग डिप्लोमाका कक्षा सञ्चालन भएको थियो भने वि.स २०७१ साल देखि  मेकानिकल इन्जिनियरीङ्ग डिप्लोमा कक्षा संचालन हुँदै आएको छ । त्यस्तै वि .सं २०७३  मा डिप्लोमा इन् इन अप्थालिन साईन्स पनि समावेश गरिएको छ । 
T-SLC तर्फ मेकानिकल, इलेक्ट्रिकल र स्यानेटेरी इन्जिनियरीङ्ग विषयमा १८ महिना अध्यापन गराउँदै आएको छौ । त्यस्तै गरि औपचारिक शिक्षा नलिएकाहरुका लागि  सीपयुक्त व्यावसायिक तालिम प्रदान गरी रोजगारी तर्फ उन्मुख गराउनका लागि पनि विभिन्न तालिमहरु समय समयमा प्रदान गर्दै आएका छौ ।  
 
यस कलेजबाट कस्ता तालिमहरु प्रदान गरीदै आएको छ ? हाल कति विद्ययार्थीहरु कलेजमा अध्यानरत छन् ? 

T-SLC वा T-SEE तर्फ  मेकानिकल, इलेक्ट्रिकल र स्यानिटेसन इन्जिनियरीङ्ग विषयमा १८ महिने कोर्ष रहेको छ । जसमा १२ महिना कलेजमा नै अध्ययन गर्दछ र ६ महिना कार्यगत तालिम (OJT)  का रुपमा विद्यार्थीहरुलाई उद्योगहरुमा पठाउने गरेका छौ । यि तीनै विधामा ४०÷४० जना विद्यार्थीहरु अध्ययनरत छन् ।   त्यस्तै हाल आएरT T-SLC वा T-SEE तर्फ  हामीले इलेक्ट्रिकल र मेकानिकल  क्षेत्रमा २४ महिने  औद्योगिक प्रशिक्षण (ऐप्रेन्टिेसीप)  तालिम प्रदान गर्दै आएका छौ । युरोप तिर औद्योगिक प्रशिक्षण अत्यन्तै प्रभावकारी र सफल भएको हुँदा हामीले यो वर्ष देखि नेपालमा पनि यसको प्रयोगमा ल्याएका हौ । हामीले ऐप्रेन्टिेसीप  तालिम अन्र्तगत विद्यार्थीहरुलाई सुरुको तीन महिना वेसिक फन्डामेन्टलका लागि इन्टिच्युटमा  र कार्यगत तालिमका लागि २० महिना  उद्योगमा पठाउछौ भने  अन्तिम एक महिना कलेजामा विद्यार्थीहरुको  पुनः मूल्याङ्कन गर्ने गर्दछौ । त्यस्तै डिप्लोमा तर्फ इलेक्ट्रिकल डिप्लोमा,  डिप्लोमा इन सिभिल इन्जिनियरीङ्ग, डिप्लोमा इन् मेकानिकल इन्जिनियरीङ्ग रडिप्लोमा इन अप्थालिन साईन्स गरी चार ओटा विधामा हामीले अध्ययन गराउँदै आएका छौ । तीन वर्षे  डिप्लोमा तर्फ सिभिल, मेकानिकल र इलेक्ट्रिकल मा ४८ ÷४८ जना लाई अध्ययन गराउँदै आएका छौ र अप्थालिन साईन्समा ४० जना अध्ययन गर्दै आएका छ । स्थापनादेखि छोटो र लामो समय अवधिको तालिम गरी हाल सम्म करीव १६ हजार विद्यर्थीहरुलाई तालिम दिइसेका छौ । 
 
प्राविधिक शिक्षा सबैमा पहुँच पुयउनु पर्ने प्रावधान सरकारले ल्याएको छ, सरकारको यस्तो प्रावधानले कत्तिको सार्थकता पाएको छ ?

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् CTEVT  अन्र्तगत हामीले यो स्कुल संचालन गर्दै आएका छौ । यसको सम्पूर्ण आर्थिक व्यवस्थापन सिटिईभिटिद्धारा हुदै आएको छ । यद्यपि प्राविधिक व्यवस्थापनका लागि सटिईभिटिद्धारा प्रदान गरीएको रकम अपुग हँुदा हामीले स्कुलले छोटो अवधिका विभिन्न तालिम सञ्चालन गर्ने गर्दछौ । सरकारले प्राविधिक शिक्षा प्रति देखाएको चासो उपयुक्त छ यद्यपि यो कार्यन्वयन हुन प्रशस्त बजेट विनियोजन साथसाथै skill manpower उपलब्ध गराउनु जरुरी छ । 
 
कलेजले प्रदान गर्दै आएको प्राविधिक शिक्षामा समावेशीलाई कत्तिको प्राथमिकता दिएको छ ?

प्राविधिक शिक्षामा समावेशीलाई  प्राथकिता दिइएको छ । सिटिईभिटिको नियम पद्धतिमा नै आधारीत भएर हामीले समावेशीलाई प्राथमिता दिदै आएका छौ । समावेशी अन्र्तगत दलित, महिला, दुर्गम, अपांग, पिछडिएका जनजाति र प्रयोजित कोटा छुट्याएका छौ । 
 
ऐप्रेन्टिसीप  तालिम प्रति विद्यार्थीहरु कत्तिको उत्साहित छन् ?

ऐप्रेन्टिसीप  तालिम हामीले निशुल्क  प्रदान गर्दै आएका छौ । इलेक्ट्रिकल र मेकानिकल  क्षेत्रमा उपलब्ध गराउदै आएको यो तालिम नेपालका लागि पहिलो अनुभव हो । हामी कलेजबाट हरेक महिना विद्यार्थीहरुलाई एक हजार प्रदान गर्दै आएका छौ भने विद्यार्थीले जुन उद्योगबाट तालिम लिइरहेका छन् सोही उद्योगले सरकारले तोके अनुरुप ज्यालाको न्यूनतम २५ प्रतिशत रकम प्रदान गर्ने  गर्दछन् । यो तालिम  “गर, कमाउ र सीक”  भन्ने मूल नारका साथ सञ्चालनमा ल्याएका हौ ।  हामीले यो तालिम सुरु गरेर विद्यार्थीहरुलाई उद्योगमा पठाएको दुई महिना मात्रै भएको छ । यस तालिम प्रति विद्यार्थीहरु उत्साहित छन् । उद्योगीहरुले भने सुरुमा खासै चासो नदिएको भए पनि अहिले भने चासो देखाएका छन् । यस्तो किसिमको तालिमले विद्यार्थीहरुलाई मात्र नभई उद्योगलाई समेत फाइदा पु¥याउँदछ ।  हामीले ऐप्रेन्टिेसीप  तालिम पाटन औद्योगिक क्षेत्र भित्र रहेको नेपाल यन्त्रसाला इनर्र्जी, हिमालयन विल्डर्स बबरमहल, माइक्रोटेक  बालुवाटार, होटेल द्धारीका बत्तिसपुतली,   राम मेटल वर्श, चमति, सि मेटल वर्क बसुन्धारा, वर्कसप अफ इन्जिनियरीङ्ग (लुजा मास्के)  लुभु, हिमालयन मेटल इन्डष्ट्रिज, बसुन्धारा,  र  स्टक्चर एण्ड इनर्जि हव, पेप्सिकोलामा हाम्रा विद्यार्थीहरु ऐप्रेन्टिेसीप  तालिममा पठाएका छौ ।   
 
स्थानीय सरकार आएपछि यस कलेजको व्यवस्थापन कसरी गर्ने भएको छ ?

यस कलेज सिटिईभिटिको आंगिक कलेज हो । यहाँको भौतीक तथा आर्थिक व्यवस्थापन  सिटिईभिटिले नै गर्दै आएको छ । स्थानीय सरकार आएपछि भने संघिय संरचना अनुसार र काठमाण्डौ महानगरपालिकासँग  हामीले समन्वय गर्न लागि परिरहेका छौ । यसका लागि हामीले पत्राचार गरीरहेका छौ । सम्भवत हामी छिट्टै नै यसको निष्र्कषमा पुग्नेछौ । 
 
विद्यार्थीहरुलाई प्रदान  गर्दै आएको तालिम समय सापेक्ष भएन भन्ने गुनासोहरु आईरहेको छ, यसमा तपाई के भन्नु हुन्छ ?

सिटिईभिटिले तयार पारेको पाठ्यक्रम (करिकुलम) अनुरुप नै हामीले तालिम प्रदान गर्नु पर्ने हुन्छ । सिटिईभिटिले ३ देखि ४ वर्षको अवधिमा करिकुलम त परिमाजित  गर्दै आएको छ । यसका अलावा कुनै पनि नयाँ प्रविधिका सामग्रीहरु आएको खण्डमा हामीले त्यसको बारेमा भने जानकारी दिदै आएका छौ । 
 
विद्युतीय क्षेत्रमा धेरै र्दुघटनाहरु हुने गरेको छ, यसमा यहाँहरुको भूमिका  कस्तो रहन्छ ? 

विद्युतीय क्षेत्र निकै नै जोखिमपूर्ण क्षेत्र हो । काम गर्ने क्रममा हुन सक्ने सम्भावित र्दुघटनाबाट बच्नका लागि हामीले विद्यार्थीहरुलाई  अध्ययन र प्रयोग गराउँदै आएका छौ । हामीले प्रयोगात्मक अभ्यास गराउने क्रममा सेफ्टि बेल्ट, हेल्मेट लगायत सुरक्षाका सामग्री अनिवार्य रुपमा प्रयोग गराउँदै आएका छौ । 
 
निर्माण क्षेत्रमा काम गर्नेहरुका लागि सुरक्षा सम्बन्धि सरकारले कुनै अवधारणा नल्याएकाले काम गर्ने क्रममा सुरक्षाका सामग्री प्रयोग नगर्ने गरेको पाइन्छ, यसमा तपाई के भन्नु हुन्छ ?

निर्माण क्षेत्रमा काम गर्ने व्यक्ति सबैले सुरक्षाका सामग्रीहरु प्रयोग गरेको पाईदैन तर सुरक्षाका सामग्री प्रयोग गर्नजरुरी छ । काम गर्ने क्रममा सुरक्षाका सामग्री प्रयोग गर्नु पर्छ भन्ने जानकारी गराउनका लागि तालिम प्रदान गर्ने योजनामा हामी रहेका छौ । त्यस्तै महानगरपालिकाले पनि कुनै पनि संस्थाबाट तालिमको प्रमाण पत्र पाएका व्यक्तिहरुलाई मात्र काम गर्न दिने प्रावधान ल्याउने हो भने नेपालको श्रमिकको उचित मूल्याङकन हुने थियो भने  सम्भावित दुर्घटना समेत कम हुने थियो । 
 
यस कलेजको भावी योजना बारे बताईदिनुहोस् न । 

प्राविधिक जनशक्ति देशमा जति बढी उत्पादन हुन्छ त्यति नै देश विकासमा टेवा पुग्दछ । अहिले नेपालमा प्राविधिक जनशक्तिको आवश्यकता बढ्दै गएको छ भने प्राविधिक जनशक्ति उत्पादनको क्रम पनि बढ्दै गएको छ । हामीले वार्षिक करिव ८ सय  ५० प्राविधिक जनशक्ति उत्पादन गर्दै आएका छौ भने आगामी  दुई वर्ष वार्षिक दुई हजार प्राविधिक जनशक्ति उत्पादन गर्ने योजनामा छौ । यसका लागि महानगरपालिका र सिटिईभिटिई सँग हामीले छलफल गर्दै आएका छौ । त्यस्तै हामीले डिप्लोमा तहमा अटोमोवाईल, मेकानिकल   विषय थप गर्ने योजनामा छौ । 
 
अन्त्यमा के भन्न चाहानुहुन्छ ?

प्राविधिक जनशक्तिले देशको आर्थिक समृद्धिमा टेवा पु¥याउँदछ । नेपालको अहिलेको अबस्थामा प्राविधिक जनशक्तिको खाँचो रहेको छ ।  अझै प्राविधिक जनशक्ति  उत्पादनका लागि हामी लागि पर्ने छौ ।

प्रतिक्रिया