भर्खरै

चैत्र १३ गतेबाट युनियन हाइड्रोपावरको शेयर निष्कासन हुँदै

  • प्रकाशित मिति : Sat-07-Dec-2075
  • - Admin
title

 
काठमाडौं,चैत ।  आगामी चैत १३ गतेबाट युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि छुट्याइएको शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले लमजुङमा सञ्चालित ३ मेगावाटको मिदीम खोला जलविद्युत आयोजनाको सय रुपैयाँमा अंकित ३५ करोड ३४ लाख ३४ हजार रुपैैयाँ बराबरको ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ  । 
कम्पनीले निष्कासन गर्ने शेयर मध्ये कर्मचारीहरुका लागि ७० हजार ६ सय ८६ कित्ता र बाँकी ३४ लाख ६३ हजार ६ सय ५४ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । उक्त आयोजनामा लगानी राख्न इच्छुक व्यक्तिले छिटोमा चैत्र १७ गतेसम्म र ढिलोमा बैशाख १२ गतेसम्म आवेदन दिई न्यूनतम ५० कित्तादेखि अधिकतम ३५ हजार कित्तासम्मका लागि आवेदन दिनसकिने छ । 
कम्पनीको शेयर बिक्री प्रबन्धको रुपमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले लमजुङमा निर्माण गरेको आयोजनाले गत वर्षको पुस महिनादेखि नियमित विद्युत उत्पादन गर्दै आएको छ । 

प्रतिक्रिया