हतियार बिसाउनुहोस् : सञ्चार मन्त्री बाँस्कोटा
- प्रकाशित मिति : Sat-07-Dec-2075
- - Admin

रुपा तुलाधर,
काठमाण्डौ, चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हतियार बिसाएर बार्तामा आउन आग्रह गरेका छन् । मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्दै आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले हतियार बिसाइ संवादमा आउन आह्वान गरेका हुन् ।
कार्यक्रममा मन्त्री बाँस्कोटाले १० वर्षे शसस्त्र द्धन्दमा भोग्नु परेको पीडा बताउदै विप्लवलाई गोलबारुद, हातहतियार बिसाइ सहमतिमा आउन आग्रह गरेका हुन् । अहिलेको समाजले अनुचित गलत र असान्र्दभिकता स्विकार गर्न नसक्ने उनले बताए । उनले भने “हतियार कुनै समस्याको समाधान होइन, बुद्धभूमि नेपालमा अब अशान्ति र हिंसा होइन शान्तिको खाँचो छ ।” विप्लव अनुचित र गैरकानुनि विषयलाई छाडेर आए सरकार सधै सहमति गर्न तयार रहेको समेत उनले बताए ।