भर्खरै

विद्युत् चुहावट गर्ने ७८ लाई कारवाही

  • प्रकाशित मिति : Sun-08-Dec-2075
  • - Admin
title
दमौली,  चैत ।  नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७५÷७६ को आठ महिनाको अवधिमा विद्युत् चुहावट गर्ने ७८ जनालाई कारवाही गरेको छ । वितरण केन्द्रले मिटर वाइपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने, मिटरको सिल तोड्नेलगायत कार्य गर्ने ७८ लाई कारवाही गरेको हो । 
 
केन्द्रका प्रमुख शिव गोशलीले अनाधिकृत बिजुली प्रयोग गर्ने ग्राहकबाट कारवाही स्वरुप रु तीन लाख ४७ हजार १४९ असुल गरिएको जानकारी दिए । उनका अनुसार विद्युत् चुहावट नियन्त्रण कार्यअन्तर्गत बन्द भएका, बिग्रिएका मिटर परिवर्तन गर्ने, मिटरको छड्के निरीक्षण गर्ने, मिटर रिसिलिङ कार्य गर्ने, ठूला ग्राहकको टिओडी मिटरको खपत युनिट डाउनलोड गरी डाटा एनलाइसिस गर्ने तथा ट्रान्सफर्मर थप्ने, तार थप्ने, नयाँ लाइन विस्तार गर्ने, पुरानो नाङ्गो तारलाई नयाँ कालो तारले फेर्ने कार्य भइरहेको छ । 
केन्द्रले चालू आर्थिक वर्षमा २७४ मिटर परिवर्तन गरेको छ भने ७०० ग्राहकको मिटर रिसिलिङ तथा करीब एक हजार ग्राहकको मिटर छड्के निरीक्षण गरेको गोशलीले बताए । ठूला औद्योगिक लगायत ग्राहकको टिओडी मिटरको खपत चेक गरी हेर्दा करीब रु ३९ लाख २० हजार ३९२ बराबरको छुट युनिट रकम बराबरको फाइल पेश भएकोमा रु २८ लाख ६४ हजार ५९६ बराबरको छुट युनिट रकम स्वीकृत भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार स्वीकृत भएको छुट युनिट रकमको भुक्तानी सम्बन्धित ग्राहकबाट असुली भइरहेको छ । 
गोशलीका अनुसार केन्द्रले विद्युत् चुहावट घटाउन उल्लेख्य सफलता प्राप्त गरेको छ । गत आर्थिक वर्ष २०७४ साउनमा २४.८८ प्रतिशत विद्युत् चुहावट रहेकामा २०७५ माघसम्म ७.०४ प्रतिशत कायम राख्न वितरण केन्द्र सफल भएको गोशलीले बताए । 
आर्थिक वर्ष २०७४ र ७५ को समग्र विद्युत् चुहावट १६.६७ प्रतिशत रहेकामा चालू आर्थिक वर्षको माघसम्म विद्युत् चुहावट ९.१३ प्रतिशत मात्रै रहेको केन्द्रले जनाएको छ । उनले भने विद्युत् चुहावटमा नियन्त्रण कडाई गरिएको कारण विद्युत् चुहावट घटेको हो । ठूला ग्राहकको मिटर नियमित निरीक्षण, डाटा डाउनलोड, डाटा एनलाइसिस गर्ने, बन्द मिटर फेर्ने, सामुदायिक थोक मिटरमा एचटी मिटर राखिएका कारण विद्युत् चुहावट घटाउन सहज भएको उनले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago