भर्खरै

३० महिना भित्र काठमाण्डौंको महाराजगञ्ज र रत्नपार्क क्षेत्रको प्रसारण लाइन भूमिगत गरिदैं

  • प्रकाशित मिति : Fri-13-Dec-2075
  • - Admin
title

 
काठमाण्डौं,चैत । आगामी ३० महिना भित्रमा काठमाण्डौं उपत्यकाको महाराजगञ्ज र रत्नपार्क क्षेत्रको प्रसारण लाइन भूमिगत हुने भएको छ । अव्यवस्थित विद्युतका पोल र प्रसारण लाइनका कारण कुरुप बनेको काठमाण्डौँ उपत्यकाको प्रसारण प्रणालीलाई भारतीय कम्पनी केईआई इण्डष्ट्रिज लिमिटेडले भुमिगत गर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भएको हो । 
अव्यवस्थित रुपमा राखिएको विद्युतका पोल र तारहरुका कारण उपत्यकाको सौन्दर्यतालाई कुरुप बनाउनुका साथै दुर्घटनाको जोखिमसमेत बढेकाले लामो समयदेखि तार भूमिगत गर्ने माग उठ्दै आएको थियो । त्यसैले प्रसारण लाइन भुमिगत गर्न नेपाल विद्युत प्रािधकरणले गत फागुन ६ गते भारतीय कम्पनी केईआई इण्डष्ट्रिज कम्पनीलाई छनोट गरिएको थियो । सोही छनोटको आधारमा प्राधिकरणले काठमाण्डौँको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने लक्ष्यका साथ केही दिन पहिले कम्पनीसँग सम्झौता गरेको हो । विश्वमा कुनै पनि विकसित देशका शहरमा खुलारुपमा विद्युत् प्रसारण लाइन देख्न सकिँदैन । त्यसैले विकसित देशहरुमा जस्तै प्रसारण लाइन भुमिगत गरीजोखिम कम गर्न विद्युतीय तार भूमिगत गर्न लागिएको हो ।
महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युतको तारलाई पहिलो चरणमा भूमिगत गर्ने तयारी भएको छ । प्राधिकरणले निर्माण व्यवसायी कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको थियो । कम्पनीले सूचना जारी भएको २८ दिनभित्र कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौताका लागि आउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार केही दिन पहिले निर्माण व्यवसायीसँग सम्झौता गरिएको आयोजना प्रमुख अभिषेक अधिकारीले जानकारी दिए ।कम्पनीसँग महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको काम गर्न करिब रु तीन अर्ब ५७ करोड ५१ लाख (कर बाहेक) र रत्नपार्क वितरण केन्द्र अन्तर्गतको काम करीब रु तीन अर्ब १२ करोड १५ लाख(कर बाहेक) ठेक्का सम्झौता कम्पनीले गरिएको छ । उनले भने सम्झौताका सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी जेठदेखि काम शुरु गर्ने लक्ष्य तय गरेको छ । कम्पनीले ठेक्का कार्यान्वयनमा आएको ३० महिनाभित्र काम सक्नुपर्ने व्यवस्था गरिएको छ । 
ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्ने छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४०० भोल्टका प्रणालीलाई भूमिगत र स्वचालित गरिनेछ । तार भूमिगत गरिएसँगै दुई वितरण केन्द्र अन्तर्गतका ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान हुनेछ ।
पहिलो चरणमा काठमाण्डौँको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्गलगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा बालुवाटार, गोङ्गबु, सामाखुसी लगायतका महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत पर्ने क्षेत्रमा पर्ने विद्युत् वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको हो । वितरण प्रणालीलाई भूमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छ्याउने र बिजुली वितरणको तथ्याड्ढ राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक मिटर जडान गर्ने योजना छ । दोस्रो चरणमा काठमाण्डौँका अन्य क्षेत्र तथा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजनामा प्राधिकरण रहेको छ ।सडकखन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइने छ । उक्त प्रविधि अपनाउँदा केही मिटरको दूरीमा दुई खाल्डा खनेर बीचमा भूमिगत तरिकाले नै पाइप हाल्न सकिने प्राधिकरणको भनाइ छ । 

प्रतिक्रिया