भर्खरै

सुरपरमाई ‘ए’ जलविद्युत आयोजना निर्माण सुरु

  • प्रकाशित मिति : Fri-13-Dec-2075
  • - Admin
title

 
इलाम, चैत्र ।  इलामको  माईखोलमा  ९.६ मेगावाटको सुरपरमाई ‘ए’ जलविद्युत आयोजना निर्माण सुरु भएको छ । सगरमाथा जलविद्युत आयोजना कम्पनीले आयोजना निर्माण सुरु गरेको हो । कम्पनीले सडक स्तरोन्नति गर्दै आयोजनको हेडसम्म पुग्ने सडक खोलिसकेको छ । यो सडकका कारण सुम्बेक, सुलुबुङ र प्याङका बासिन्दालाई आउजाउ सहित सामग्री ढुवानीमा सहज भएको छ । आयोजनको हाल सम्म २० प्रतिशत काम पूरा भएको छ , बाँकी काम भने आगामी  १५ महिनाभित्र सक्ने कम्पनीको लक्ष्य रहेको छ । इलाम  स्थित सन्दकपुर गाउँपालिकाको भिरगाउँमा इन्टेक बनाई ३ हजार ७ सय मिटर लामो हेडरेस पाइपबाट माइखोलाको पानी ल्याएर पावर हाउससम्म पु¥याइने कम्पनीले जनाएको छ ।
 
आयोजनाका अनुसार इलाम नगरपालिका २ सुम्बेकको गागटेबेंसीमा पावर हाउस बनाई विद्युत उत्पादन गरिने र उत्पादन हुने विद्युत इलामको गोदकस्थित काबेली करिडोरको सबस्टेसनमा जोडिने जनाएको छ । अहिलेसम्म बाँधको काम र सेडलिन बेसिनको काम ४० प्रतिशत पूरा भएको छ । त्यस्तै सर्जट्यांक निर्माणको काम पनि अघि बढेको छ ।  आयोजनाका प्रबन्ध निर्देशक मोहन कार्कीका अनुसार यसअघि पनि थुप्रै आयोजनाको अनुभव भएकाले अहिलेको कामलाई पनि लक्ष्यभन्दा छिटो सक्ने लक्ष्य रहेको बताए । ०७७ पुसमा निर्माण गर्ने सम्झौता भए पनि ०७६ बैशाखमा सम्पन्न गर्ने लक्ष्य रहेको निर्देशक कार्कीले बताए । आयोजनामा सानिमा बैंक, सिटिजन बैंक, ज्योति बैंक र एनसीसी बैंकले लगानी गरेका छन् ।

प्रतिक्रिया