भर्खरै

प्राविधिक शिक्षा,एस.ई.ई परिक्षा र भावी मार्गचित्र

  • प्रकाशित मिति : Fri-13-Dec-2075
  • - राम प्रसाद पौडेल

२०७२ सालको एस.एल..सी परिक्षा देखि अक्षराड्ढ (ग्रेडिङ) प्रणालीको आधारमा परिक्षाको परिणाम आउन थालेको धेरै भएको छैन । यस पद्धतिका सकारात्मक र नकारात्मक पाटाहरु विभिन्न विद्धानहरुले आ–आफ्नो स्थानबाट व्याख्या विश्लेषण  गरिरहनु भएको छ । शैक्षिक बजार भित्र देखिएको ग्रेडिङ प्रणालीको असर र अवसरको महशुस आम नागरिकहरुले गरिरहनु भएकै छ । मुलुक भरीबाट यसवर्षको एस.ई.ई परिक्षा प्रदेश सरकारले सञ्चालन गरेको छ । विस्तारै विकेन्द्रिकरणको ढाँचामा मुलुक भित्रका निकायहरु बलवान बन्दै छन् । त्यो संविधानले दिएको अधिकार नै हो । यस पटकको एस.ई.ई परिक्षा परिणाममुखी,विना विकृति विसंगतिपूर्ण रहोस् आम नागरिकको धारणा पनि यहि नै छ । यस वर्षको एस.ई.ई परिक्षामा नियमित तर्फ र आंशिक तर्फ परिक्षा दिईरहेका विद्यार्थीहरुले आनो मार्ग प्रशस्त गर्न सकुन । आना अभिभावकको चाहना र आनो भविष्यको सुरेखा कोर्न सफल हुन सकुन । 
एस.ई.ई परिक्षा दिईसकेपछि विद्यार्थीहरुको विभिन्न विषय छनौट गर्ने अभिभावक,विज्ञ वा शिक्षक वर्गसँग परार्मश गरी कक्षा ११ तर्फ जाने कि प्राविधिक शिक्षा तर्फ लाग्ने ? भन्ने विषयमा अन्योलपूर्ण वातावरण बन्ने गर्दछ ।
तर सद्मार्गदर्शनका लागि विद्यार्थी अभिभावक र गुरुवर्गको आम भूमिका हुने गरेको छ । A+, A+ ल्याउने विद्यार्थीहरु उच्च प्राविधिक शिक्षा डाक्टर,इन्जिनियर बन्नका लागि विज्ञान विषय लिएर अध्ययन गर्न थाल्दछ । B+ ,B,C+,C,D+,D  ल्याउनेहरु प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्र्तगतका प्राविधिक एस.एल.सी र डिप्लोमा कार्यक्रम तर्फ लम्काउछन् । E आउने विद्यार्थीहरु आफुलाई फेल भएको अनुभुति गर्दछन् र निरास हुने गरेको तथ्य हाम्रो सामु विगतका वर्षहरुले कहिकतै पुष्टि गरिनै रहेका छन् । 
वास्तवमा E ग्रेड ल्याउने विद्यार्थीहरुका लागि पनि सीपमुलक प्राविधिक शिक्षा  CTEVT अन्र्तगत सम्बन्धन प्राप्त निकायबाट नै अध्ययन गर्न पाउने प्रावधान छ । जस्तै E आउने विद्यार्थीहरुले सिभिल सब–ओभरसियर, इलेक्ट्रिकल सब–ओभरसियर, भेटेनरी, जे.टि.ए  (पशु विज्ञान),कृषि,कम्प्युटर लगायत प्रशस्त विषयहरु छान्न सक्नेछन् र आफुलाई दक्ष प्राविधिक बनाई मुलुकको समृद्धि तर्फ जोडिन सक्नेछन् । मध्यम,निम्न र अति निम्न वर्गका विद्यार्थीहरुका लागि इलेक्ट्रिकल,सब ओभरसियर सबैभन्दा उपयुक्त हुन सक्छ । हातमा सीप बजारमा काम....। यो नै दक्षताको आधार हुन सक्छ । तर्सथ E ल्याउने विद्यार्थीहरुले निरुत्साहित नभई उत्साहपूर्वक प्राविधिक शिक्षालयहरु छनोट गर्न सक्ने छन् । गुणस्तरीय शिक्षा र गुणस्तरीय प्रयोगात्मक अभ्यास हुने प्राविधिक शिक्षालयहरुमा गई आफुले राम्रो सँग बुझी अध्ययनको थालनी गर्न सकनेछन् । नेपालमा प्राविधिक शिक्षा मुलुक विकास निर्माणको मेरुदण्ड भएको कुरामा कोहि कसैको पनि दुईमत छैन । तर पनि प्राविधिक शिक्षा तर्फका स्वास्थ्य सँग सम्बन्धित TSLCकार्यक्रमहरु फेज आउट हुने आगामी वर्षदेखि भर्ना नखोलीने गरी मुलुकको दुरदराज सम्म पुगी आफ्नो जोस जाँगर र सीपलाई सेवामुलक बनाउने लाखौं सपनाहरुलाई सम्बन्धित निकायले अंकुश लगाउन सक्ने संकेतहरु देखा पर्न थालेका छन् । यदि यस्तो हो भने एउटा दुर्गम क्षेत्रको गरिब विद्यार्थीको सपना चकनाचुर हुनेछ र यस्ता अभिभावकहरुको चाहना प्रति कुठाराघात हुने कुराको दुविधा छैन । राज्यले यस्ता गम्भीर विषयहरुलाई क्रमशः घटाउँदै लगि स्तरोन्नति गराउँदै लैजानुपर्नेमा मौका नदिई नयाँ कानुन ल्याएर लागु गरिने विषयमा विश्वास त आम विद्यार्थी र अभिभावकलाई छैन । तर पनि जनताहरुले सुचनाको हकबाट प्राप्त गर्न पाउनुपर्ने हक आम सर्वसाधारणले थाहा पाउने गरी सार्वजनिक हुनुपर्दछ । 
प्राविधिक शिक्षा सारा नेपालीको शिक्षा हुनुपर्दछ । हरेक घरघरमा सेवा मुलुक निर्माणको महान अभियानको अभिलाषको ब्यग्र पखाईमा रहेका आम नेपालीलाई सरकारले र सरोकारवालाहरुले प्राविधिक शिक्षाको महत्वका विषयमा सु–सुचित पार्न सक्नुपर्दछ । नीति निर्माण गर्नु र कार्यान्वयन गरी परिणाममुखी हुनु अत्यन्त चुनौतिपूर्ण छ । यस्ता गम्भीर प्रकृतिका विषयमा नीजि क्षेत्रलाई हौसला दिई सकारात्मक मार्गमा लैजान,अभिभावकत्व भाषणमा ग्रहण गरेर मात्र हुँदैन । वास्तव मै मनदेखि नै नीजि र सरकारी साझेदारी गरी अगाडि बढ्न खोजे मुलुकले चाहे जस्तो जनताले रोजे जस्तो इतिहासले खोजे जस्तो मुलुक निर्माण हुन धेरै समय लाग्ने छैन । 
यो विषय र विषयान्तर अन्त्य सकारात्मक र उच्च सोचका अवधारणामा रहि मुलुक र मुलुकबासीको हितमा राखि अग्रगामी यात्रामा सम्बन्धित निकायले पाइला चाल्ने छ भन्नेमा आम चासो रहेको छ । के प्राविधिक विनाको गाँउ दुरदराज वा शहर सम्भव छ ? के प्राविधिक सेवालाई मुलुकले वर्तमान समय र अवस्थामा पूर्ण निशुल्क गर्नसक्छ ? भूत वर्तमान र भविष्यको रेखाड्ढन गर्ने कार्यदलहरु पनि विभिन्न बाद को प्रभावमा परेको भान विभिन्न कार्यदलका प्रतिवेदनहरु अध्ययन गर्दा बुझ्न जो कोहीलाई अप्ठेरो पदैन । 
भावी सन्ततिका लागि भावी मार्गचित्र कोर्न कम्मर कसेर लागेको वर्तमान सरकारलाई इतिहासले नधिकार्ने गरी प्राविधिक शिक्षाका बारेमा सर्वोपरी सर्वमान्य र आम नागरिकको पक्षमा कानुन निर्माण गर्न सफल होस । त्यो कानुनको परिधि भित्र एस.ई.ई मा A+  देखि E ग्रेड सम्म ल्याउने विद्यार्थीको भविष्य सुनिश्चित हुने गरी सरकारी अवधारणा नीजिमुखी मात्र नभई जनमुखी र आम जनताको कानुन बन्न सकोस भन्ने चाहना आम नागरिकको रहँदै आएको छ । शिक्षा नीति चाहे राजा महेन्द्रले ल्याएका हुन,चाहे प्रजातान्त्रिक सरकारले ल्याएको होस् वा गणतन्त्रको दुई तिहाई सरकार । जसले जस्तो जस्तो वा पृथक ल्याएपनि सबै पक्षको आम नागरिकलाई हेर्ने गरी मार्गचित्र आउनुपर्दछ ।  

प्रतिक्रिया