भर्खरै

मंसिर देखि माथिल्लो चमेलिया आयोजना निर्माण सुरु

  • प्रकाशित मिति : Fri-13-Dec-2075
  • - Admin
title

 
काठमाण्डौ, चैत । ४० मेगावाट क्षमताको  माथिल्लो चमेलिया जलविद्युत आयोजना आगामी मंसिर देखि निर्माण सुरुहुने भएको छ । अपी पावर कम्पनीको आनो सहायक कम्पनी अपी चमेलिया पावर लिमिटेडे माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने भएको हो । 
आयोजना निर्माणको लागि जम्मा ७४० करोड लगानी लाग्ने अनुमान छ । यसको ३० प्रतिशतले हुने रु. २२२ करोड शेयरधनीको लगानी र बाँकी ५१८ करोड बैंक तथा वित्तिय संस्थाहरुबाट सह वित्तियकरण मार्फत ऋण लगानी गर्ने योजना कम्पनीको रहेको छ । आयोजनाको निर्माण कार्य २०७६ मंसिर देखि सुरु गरी ३६ महिनामा  सम्पन्न गर्ने लक्ष्य रहेको छ ।  यो आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ भने अत्तरिया बलाच १३२ के.भी.ट्रान्समिसन लाइनमा जडान गरिनेछ ।  यो आयोजना कम्पनीले निर्माण गर्नेे तेस्रो आयोजना हो । यस भन्दा पहिले कम्पनीले ८.५ मेगावाट क्षमताको नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत २ वर्ष देखि निरन्तर रुपमा राष्ट्रिय प्रणालीमा विद्युत प्रवाह गर्दै आएको छ । त्यस्तैै ८ मेगावाट क्षमताको माथिल्लो नौगाड साना जलविद्युत आयोजना निर्माणधिन अवस्थामा  रहेको छ ।  यो आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया