भर्खरै

नेपाल विद्युतीय व्यवसायी महासंघको नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : Fri-13-Dec-2075
  • - रुपा तुलाधर
title
बुटवल, चैत । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजना तथा  रुपन्देही विद्युतीय व्यवसायी संघद्धारा आयोजित दुई दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । व्यवसायीहरुको नेतृत्व विकास गर्ने उद्धेश्यका साथ आयोजना गरिएको कार्यक्रम सोमबार सम्पन्न भएको हो ।  कार्यक्रममा महासंघमा आवद्ध १९ जिल्ला संघका प्रतिनिधि व्यवसायीहरु सहभागिता रहेको थियो । रुपन्देही स्थित बुटवल महाराजा रिसोर्टमा सम्पन्न भएको कार्यक्रममा महासंघका अध्यक्ष तेजनारायण खरेल, बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष विमलराज भट्टराई, रुपन्देही व्यापार संघका अध्यक्ष  पदम प्रसाद श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी, महासंघका प्रथम उपाध्यक्ष तथा कार्यक्रमका संयोजक सुर्दशन पौड्याल, भूषाल केबुलका व्यवस्थापक शरद पाण्डे  लगायतका प्रमुख अतिथिहरुको उपस्थिति रहेको थियो ।
 
नेपालमा विद्युतीय व्यवसायमा प्रतिस्पर्धा बढ्दै गएको अवस्थामा व्यवसायीहरुले गुणस्तरयुक्त विद्युतिय सामग्री बिक्रि गर्दा के फाईदा पुग्छ, कम गुणस्तरका सामग्री बिक्रि गर्दा के बेफाईदा पुग्छ भन्ने विषयमा तालिम प्रदान गरिएको रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष प्रकाश चन्द्र पाण्डेले बताए । नेतृत्व विकास तालिमले उपभोक्ताहरु लाई कसरी कन्भिस गराउने, कसरी डिल गर्ने भन्ने विषयको जानकारी प्रदान गरिएको अध्यक्ष पाण्डेले बताए । अध्यक्ष पाण्डेका अनुसार पोखरामा सम्पन्न महासंघको ८ औ साधारणसभामा  नेतृत्व विकास तालिमका लागि जिल्ला संघहरुले राखेको माग अनुसार कार्यक्रमको आयोजना गरीएको बताए । जिल्ला संघको माग पूरा गरी महासंघले आफ्नो प्रतिवद्धता पुरा गरेको प्रति उनले खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago