भर्खरै

भदौ देखि दोर्दीखोला आयोजना बाट विद्युत उत्पादन हुने

  • प्रकाशित मिति : Fri-13-Dec-2075
  • - Admin
title

लमजुङ , चैत ।  आगामी भदौ देखि दोर्दीखोला जलविद्युत आयोजना बाट विद्युत उत्पादन हुने भएको छ ।  २७ मेगावाट क्षमताको उक्त आयोजनाले भदौ देखि  विद्युत उत्पादन थाल्ने तयारी गरेको हो । रन अफ रिभर प्रकृतिको यो आयोजना ८० प्रतिशत निर्माणकार्य सकिएको आयोजना  प्रवद्र्धक कम्पनी हिमालयन पावर पार्टनरलिमिटेडले जनाएको छ । कम्पनीका अनुसार बाँध, सुरुङ र विद्युतगृहको निर्माणकार्य अन्तिम चरणमा पुगेको जनाएको छ । 
बाँधमा गेट जडानको काम  बाँकी रहेको र पावर हाउसको काम अन्तिम चरणमा पुगेको कम्पनीका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले बताए । निर्देशक ढकालका अनुसार सुरुङ खन्न ४ सय मिटर बाँकी रहेको, 
पेनस्टक जडान कार्य भइरहेको र इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम तयारी भएको बताए । 
आयोजनामा २ हजार ७ सय ७० मिटर सुरुङ र २ हजार ६ सय मिटर पेनस्टक पाइप हुनेछ । आयोजना ०७१ फागुनबाट निर्माण सुरु भएको थियो । पछिल्लो समय आयोजनाको निर्माण कार्य ०७४ असारसम्म सक्ने लक्ष्य लिइएको थियो । भूकम्प, नाकाबन्दी, वर्षा, आयोजना निर्माणका क्रममा आन्तरिक समस्या, प्रसारण लाइन अभाव लगायतले निर्माणकार्य करिब २ वर्ष ढिला हुने कार्यकारी निर्देशक ढकालले बताए । आयोजनाको दोर्दी गाउँपालिका ६ ढोडेनी र ८ बन्सारबीचको दोर्दीखोलामा बाँध निर्माण गरिएको छ । बेंसीसहर नगरपालिका ११चितीको रामचोकबेंसी नजिकै मस्र्याङ्दी नदी किनारमा विद्युतगृह निर्माणाधिन छ । आयोजनाबाट १४७ दशमलव ६९ गिगावाट प्रतिघन्टा विद्युत  उत्पादन हुनेछ । नेपाल विद्युत प्राधिकरणलाई भने १४२ दशमलव ३१ गिगावाट प्रतिघन्टा विद्युत बिक्री गर्ने प्रक्षेपण गरेको छ । बीचका विद्युत चुहावट हुन सक्ने प्राविधिक आकलन आयोजनाको छ । आयोजनाले प्राधिकरणसँग सुक्खा याममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसामा विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 6 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 11 hours ago