भर्खरै

प्रधानमन्त्री लगायत उच्चपदस्थले पाए २० कित्ता शेयर

  • प्रकाशित मिति : Sat-14-Dec-2075
  • - रुपा तुलाधर
title
काठमाडौँ,  १४, चैत ।  जनताको जलविद्युत कार्यक्रम अन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रि बी जलविद्युत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली  लगायत उच्चपदस्थ व्यक्तित्वलाई २० कित्ता शेयर परेको छ । 
सिंहदरबार स्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित शेयर बाँडफाँड कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन,  पूर्वसभामूख ओनशरी घर्ति, ऊर्जा सचिव दिनेश कुमार घिमिरेलाई २०÷ २० कित्ता शयेर परेको हो । 
जनताको जलविद्युत कार्यक्रम अन्र्तगत पहिलो सहभागीका रुपमा प्रधानमन्त्री ओलीले १० हजार कित्ता, ऊर्जा मन्त्री पूनले एक हजार कित्ता, पूर्वसभामूख घर्तिले दुई हजार कित्ता, प्रधानमन्त्री पत्नी शाक्यले १० हजार कित्ता शेयरका लागि आवेदन दिएको थियो । 
 
शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार ५० हजार २ सय ६७ जनालाई जनही ३० कित्ता र एक लाख ५४ हजार ५ सय ५९ लाई भने २० कित्ता शेयर परेको छ ।
कूल आवेदक मध्ये ६७ आवेदन भने पक्रिया नपुगी तथा दोहोरो आवेदन परेकाले रद्द भएको  अधिकृत ढकालले बताए । त्रिशूली जलविद्युत कम्पनीले ३७ लाख पाँच हजार कित्ता शेयर यही चैत ७ देखि ११ गतेसम्म बिक्री गरेको थियो ।  
कार्यक्रममा ऊर्जा मन्त्री पूनले जनताको जलविद्युत कार्यक्रम अन्र्तगतको पहिलो आयोजनामा शेयर आवेदकहरुको उत्साहजनक सहभागिता देखिएको बताए । जलविद्युत क्षेत्रमा लगानी गर्न अनुकुल छैन भन्नेहरुका लागि यो अयोजना उदाहरण बनेको उनको भनाई रहेको थियो । जनताको जलविद्युत कार्यक्रम नयाँ र विपन्न ठाउँ सम्म पुर्याउने लक्ष्य रहेको उनले बताए । यो आयोजना सम्पन्न गर्न कम्पनीलाई चुनौती थपिएको बताउदै सरकारी काम अब सबैभन्दा छिटो सम्पन्न गर्ने  मन्त्री पूनले बताए ।  
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago