भर्खरै

३० खर्व लगानी आउने सरकारको अपेक्षा

  • प्रकाशित मिति : Sat-14-Dec-2075
  • - रुपा तुलाधर
title
काठमाण्डौ, चैत । चैत १५ र १६ गते हुने लगानी सम्मेलनमा रु ३० खर्व  लगानी प्रतिवद्धता आउने अपेक्षा सरकारले लिएको सञ्चार तथा सूचना मन्त्री गोकुल प्रसाद बाँस्कोटाले बताए । सिंहदरबार स्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज भएको पत्रकार सम्मलेनमा स्वदेशी तथा विदेशी लगानी सहीत उक्त रकम बराबर लगानी  प्रतिवद्धता आउने अपेक्षा गरीएको उनले बताएका हुन्  । 
सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता हुने बताए ।  मन्त्री बाँस्कोटाले भने  “सम्मेलनमा सरकारका ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ परियोजनालाई ‘शो केश’ मा राखिने  छ ।”  
सम्मेलनका क्रममा  १२ देखि १५ ओटा सम्म परियोजनासँग समझदारीमा हस्ताक्षर गर्ने तयारी समेत भएको उनले जानकारी दिए ।  नेपाल महानिर्माणको अभियानमा सहभागी बन्नु पर्ने बताउदै  मन्त्री बाँस्कोटाले  भने “हामी परनिर्भर हुन चाहन्नौ तर अन्र्तनिर्भर भई अघि बढ्नु पर्छ ।” सम्मेलनमा  ६ सय भन्दा बढी  विदेशी लगानीकर्ताको सहभागी हुने र सोही संख्यामा स्वदेशी लगानीकर्ताको उपस्थिति हुने उनले जानकारी दिए ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा हुने छ । वैदेशिक लगानी भित्र्याउने उद्देश्यले  गत वर्ष पनि ’नेपाल लगानी सम्मेलन’ को आयोजना गरीएको थियो । उक्त सम्मेलनमा  स्वदेशी तथा विदेशी गरी करिब रु १४ खर्बको (१३.५२ विलिएन अमेरिकी डलर) लगानी प्रतिबद्धता आएको थियो । यद्यपि उक्त लगानी सम्मेलनमा आएको प्रतिबद्धता अनुरुप काम हुन सकेको छैन । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago