भर्खरै

बूढीगंगा जलविद्युत् आयोजनाको टेण्डर जेठमा खोलिने

  • प्रकाशित मिति : Sun-15-Dec-2075
  • - Admin
title
धनगढी । अछामको बूढीगंगा जलविद्युत् आयोजनाको अध्ययन सुरु भएको २३ वर्षपछि विस्तृत परियोजना प्रतिवेदन डीपीआर टुंगो लगाई जेठमा टेण्डर खोलिने भएको छ । 
विस्तृत परियोजना प्रतिवेदन बनाउन भएको ढिलाइले आयोजना झण्डै ३ वर्ष लम्बिने भएको हो । 
आयोजनाले जेठमा टेण्डर खोल्ने तयारी गरेको छ । यसअघि २०७७ सालभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्य राखेकोमा अब २०८० भित्रै आयोजना सक्ने योजना बनाएको छ । अछाम हुँदै बगिरहेको बूढीगंगा नदीमा २०.२ मेघावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०५२ सालमा बूढीगंगा जलविद्युत् आयोजनाको अध्ययन सुरु भए पनि २३ वर्षसम्म समेत विस्तृत परियोजना प्रतिवेदन तयार हुन बाँकी रहेको थियो ।
२०७३ साल असार १४ गते अस्टे«ेलियन कम्पनी स्मेक र नेपालको उदय कन्सल्टेन्सीसँग १८ महिनाभित्र डीपीआर तयार गरिसक्ने गरी सम्झौता भए पनि त्यसपछि पटकपटक थपिएको समयमा पनि डीपीआर तयार भएको छैन । परामर्शदाता कम्पनीले डीपीआर आयोजना कार्यालयलाई बुझाइसकेपछि केही सुधार गर्नुपर्ने भएकाले ढिलाइ भएको बूढीगंगा जलविद्युत् आयोजनाकी प्रवक्ता इन्जिनियर पुनम पाण्डेयले बताइन् ।
 
बूढीगंगा जलविद्युत् आयोजनामा साउदी विकास कोषले ३ अर्ब २० करोड र कुवेत विकास कोषले १ अर्ब ८० करोड ऋण लगानी गर्ने र बाँकी अपुग रकम नेपाल सरकारले लगानी गर्ने योजना छ । अध्ययन सुरु भएको २३ वर्ष बितिसकेको छ । अहिलेसम्म जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भएको छैन ।
नेपाल सरकार, ऊर्जा मन्त्रालय विद्युत् विकास विभागको निर्माणाधीन यो पहिलो जलविद्युत् आयोजना भए पनि अन्य आयोजनाको काम तीव्र गतिमा अगाडि बढेको र बूढीगंगाको प्रगति सुस्त हुँदा पहिलो आयोजना पनि नहुने भएको छ । जलविद्युत् आयोजनाको डीपीआर तयार नभए पनि आयोजनास्थलसम्म पुग्ने ७ सय ६७ मिटर सडक निर्माण र कार्यालय भवनको पनि निर्माण सकिएको छ । 
इनर्जी न्युज नेपाल

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago