भर्खरै

मञ्जरी आयो

  • प्रकाशित मिति : Tue-17-Dec-2075
  • - रामप्रसनद पौडेल
title
 
काभ्रे, चैत ।  कवि डा. गोपाल पौड्याल मण्डनेको मुक्तक संग्रह मञ्जरी हालै विमोचन भएको छ । डा. गोपाल पौडेल मण्डनेको मुक्तक सङ्ग्रह ‘मञ्जरी’ को वरिष्ठ साहित्यकार यादव खरेल, मुक्तककार वियोगी बुढाथोकी, मुक्तककार ज्ञानुवाकर पौडेल, साहित्यकार रमेश पौडेल, कवि सूर्य लाकोजू, लोकगायक मच्छेश्वर सापकोटा गायतले संयुक्त रूपमा लोकार्पण गरे थिए  ।
 
काभ्रे जिल्लाको मण्डन देउपुर निवासी डा.गोपाल पौड्याल मण्डनेको मुक्तक संग्रह मञ्जरीको विमोचन अक्षरमार्गको आयोजनामा भएको छ । कार्यक्रममा  यादव खरेलले आफ्नो प्रमुख अतिथिय मन्तब्य दिए । उनले अक्षरमार्गको यात्रा सुन्दर बन्दै गइरहेको छ भने । मुक्तकका सन्दर्भमा उनले थपे मुक्तकले मानिसको मनलाई स्पर्श गर्नसक्नु पर्छ । छोटो समयमा यसले मानिसको मनमा ठूलो प्रभाव पार्न सक्ने क्षमता यसमा रहने कुरा पनि उनले बताए । अर्को एक सन्दर्भमा उनले प्रकाशन नभएसम्म आफ्नो सम्पत्तिको रुपमा रहने तर प्रकाशन भएपछि कुनै पनि सर्जककोे कृति नीजि नरहने विचार उनले पोखे । कृतिकार डा. पौडेलले मान्छेको मनको भित्रबाट निस्केको सिर्जना वास्तविक सिर्जना हुने मत राखे । मञ्जरीभन्दा अगाडि साहित्यकार मण्डनेले एक समय अनेक चिन्तन मुक्तक संग्रह, संघर्षका क्षणहरु कविता संग्रह, बेलायती सन्देश कविता संग्रह, चिठी लेखी गीती एल्वम, काभ्रे पलाञ्चोक महाकाब्य, लण्डनको कोसेली गजल संग्रह जस्ता कृतिहरु प्रकाशित गरेका छन् ।
कार्यक्रममा विशिष्टि अतिथि द्धय वियोगी बुढाथोकी र ज्ञानुवाकरले पनि मुक्तक विधाका विषयमा आ आफ्ना धारणा राखे । मुक्तककार रमेश पौडेलेले पुस्तकमाथि टिप्पणी गरे । लोकगायक मच्छेश्वर सापकोटा, कवि सूर्य लाकोजू, राजेश श्रेष्ठले पनि आ–आफ्ना विचार पोखे । काभ्रे जिल्लाको मण्डन देउपुर निवासी डा।गोपाल पौड्याल मण्डनेको मुक्तक संग्रह मञ्जरीको विमोचन अक्षरमार्गको आयोजनामा भएका हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago