भर्खरै

आपसमा मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु

  • प्रकाशित मिति : Tue-17-Dec-2075
  • - Admin
title

 
राजापुर,  चैत ।  बर्दियाको बारबर्दिया नगरपालिकामा शनिबार अपराह्न मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । नगरपालिका–९ स्थित बनगाईमा भएको दुघर्टनामा घाइते भएका मधुवन नगरपालिका–१ का २१ वर्षीय सुरज चौधरी, १४ वर्षीया कृष्णा चौधरी र २३ वर्षीय खगेन्द्र बस्नेतको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । 
 
सुरज चौधरीले चलाएको भे८प ६९६८ नम्बरको मोटरसाइकल र खगेन्द्र बस्नेतले चलाएको बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी बर्दियाले जनाएकोे छ । तीव्रगतिका कारण मोटरसाइकल ठोक्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया