भर्खरै

हावाहुरीबाट २७ जनाको मृत्यु,६०० भन्दा बढी घाइते

  • प्रकाशित मिति : Wed-18-Dec-2075
  • - विद्युत संसार साप्ताहिक
title

वीरगञ्ज, १८ चैत ।  आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट बारा जिल्लामा २६ जना र पर्सा जिल्लामा एक जना गरी २७ जनाको मृत्यु भएको छ  भने  ६०० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । 
 
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बारा जिल्लाको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ भने तेलकुवा, सिम्रनगढ, त्रसैनी, भलुही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायतका ठाउँमा मानवीय क्षति सँगै ठुलो धनजनको पनि क्षति भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले  बताए। 
 
अहिले घाइतेहरुको उद्धारकार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको बताइएको छ । 

प्रतिक्रिया