भर्खरै

प्रधानमन्त्री पर्सा र बारा जानुहुँदै

  • प्रकाशित मिति : Wed-18-Dec-2075
  • - Admin
title

काठमाडौँ, १८ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । 
 
प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा आज झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री आज बिहान १०ः३० बजे सेनाको हेलिकप्टरबाट त्यसतर्फ प्रस्थान गर्ने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया