भर्खरै

श्रमिकका गुनासो सुन्न श्रममन्त्री विष्टले ल्याए कल सेन्टर, ११४१ नम्बरमा तुरुन्त कल गर्नुस्

  • प्रकाशित मिति : Wed-18-Dec-2075
  • - Admin
title
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकका गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा विच कल सेन्टरको श्रम मन्त्री गोकर्ण विष्टले शुभारम्भ गरेका छन् ।
 
श्रमसम्बन्ध, आन्तरिक तथा वैदेशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सरोकारवालाहरुका समस्या, जिज्ञासा, गुनासा र सुझावहरु प्रत्यक्ष सङ्कलन र सम्बोधन गर्नेगरी कल सेन्टरको स्थापना गरिएको श्रममन्त्री गोकर्ण विष्टले जानकारी दिए । कल सेन्टरमा प्राप्त हुने गुनासा सम्बन्धित कार्यालयमा पठाउने र गुनासा, जिज्ञासाको प्रकृति हेरेर सम्बोधन गर्ने मन्त्री विष्टले बताए ।
 
कल सेन्टरबाट के के सुविधा हुन्छ :
कल सेन्टरमार्फत मन्त्रालयले मुख्यगरी वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय, प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोषको साथै मन्त्रालय मातहतका अन्य निकायहरूबाट भइरहेका काम कारबाहीबारे जिज्ञासा राख्ने, सरोकारवालाई जानकारी दिने, रचनात्मक सुझावहरु प्राप्त गर्ने र गुनासाहरुको सुनुवाइ गरी तत्काल समस्या समाधानको पहल गर्ने जनाएको छ ।
 
यस्तै वैदेशिक रोजगारीको क्षेत्रमा ठगीलगायतका समस्यामा परी न्यायको खोजीमा रहेकाहरू, विदेशमा विभिन्न कारणले अलपत्र परेका वा स्वास्थ्य समस्याबाट पीडित भई घर फर्कन चाहनेहरु, विविध कारणले मृत्यु भएका र अलपत्र परेका नेपाली कामदारको शव नेपाल ल्याउन नसकी समस्या परेकाहरु, झुठा मुद्दामा परी जेल सजाय भोगिरहेका कामदारहरुले सोझै कल सेन्टरमा सम्पर्क गर्न सकिने श्रम मन्त्रालयले जनाएको छ । देशको न्यूज

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago