भर्खरै

सम्मेलनमा आएको लगानीको सहि सदुपयोग हुनुपर्दछ

  • प्रकाशित मिति : Fri-20-Dec-2075
  • - रुपा तुलाधर
title

चैत १५ र १६ गते काठमाण्डौमा भएको लगानी सम्मेलनबाट विभिन्न परियोजनाहरुका लागी स्वदेशी तथा विदेशी गरी रु. १२ खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । यस लगानी सम्मेलनबाट सरकारले करिब रु. ३० खर्ब बराबरको लगानी प्रतिबद्धता आउने अपेक्षा गरेको थियो । 
तर सरकारले अपेक्षा गरेअनुरुपकोे लगानी प्रतिबद्धता आउन सकेन । यद्यपि अहिले आएको लगानी प्रतिबद्धता व्यावहारिक रुपमा लागु हुने हो भने पनि समृद्ध नेपाल निर्माण गर्नका लागि निकै ठूलो सहयोग हुने छ । नेपालको आर्थिक समृद्धिका लागि आन्तरिक स्रोत परिचालनका दृष्टिले राज्य र निजी क्षेत्र दुवै सँग आवश्यक लगानी नहुँदा तथा नेपालको कुल गार्हस्थ उत्पादनमा तीव्र वृद्धि गर्नुपर्ने हुँदा आवश्यकलगानी जुटाउनका लागी सरकारले अन्र्तराष्ट्रिय लगानी सम्मेलनको  आयोजना गरिएको हो  ।
 नेपालले २०७३ र ०७४ सालमा पनि लगानी सम्मेलनको आयोजना गरेको थियो । सरकारले भर्खरै सम्पन्न गरेको लगानी सम्मेलन तेस्रो पटकको  लगानी सम्मेलन हो । सरकार अहिले स्वदेशी र विदेशी मिलेर लगानी नगरे समृद्धि सम्भव छैन भन्ने निष्र्कषमा पुगेको छ । देशको आर्थिक समृद्धिका लागि अहिलेको स्थायी संघीय सरकारले आयोजना गरेको लगानी सम्मेलनले विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मूलुकलाई नेपालमा लगानी गर्ने वातावरण बन्दै गएको सन्देश पु¥याएको छ । यसलाई लगानी सम्मेलनबाट भएको उपलब्धि नै मान्नु पर्छ । सम्मेलनले विदेशी लगानीकर्तालाई नेपालको परिवर्तित अवस्था बारे समेत जानकारी प्रदान गरेको छ । लगानी सम्मेलनमा आएका प्रतिबद्धता र विश्व सामु नेपालको जानकारी हुनु सम्मेलनका सबल पक्ष हुन् । सम्मेलनबाट विशेष गरी ऊर्जा परियोजना, सडक, अन्र्तराष्ट्रिय विमानस्थल, कृषि लगायतका १७ वटा परियोजनामा लगानी सम्झौता भएको छ । सम्मेलनमा  सरकारका ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ परियोजनालाई ‘शो केश’ मा राखेको भए पनि १७ वटा परियोजनाका लागि मात्र सम्झौता भएको छ । यस सम्मेलनमा ऊर्जा परियोजनाका लागि सबै भन्दा बढी लगानी प्रतिबद्धता आएको छ । सरकारले पनि ऊर्जा क्षेत्रलाई प्राथमिकता दिदै  आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने  महत्वकांक्षि योजना अघि सार्दै आएको अवस्थामा ऊर्जा क्षेत्रमा लगानी आउनु नेपाल र नेपालीका लागि खुसीको विषय हो । यस लगानी सम्मेलनले नेपालको चौतर्फी विकास र समृद्धिका लागि सकारात्मक भुमिका खेल्ने निश्चित देखिएको छ ।   अहिले भएको लगानी सम्झौतालाई कार्यान्वयनको तहमा पु¥याउने हो भने नेपालको आर्थिक विकासमा सहयोग पुग्दछ । यस भन्दा अघि भएका लगानी सम्मेलनमा विभिन्न मूलुकबाट लगानी प्रतिबद्धता आएको भए पनि नेपालका लागि खासै उपलब्धिमूलक तथा फलदायी हुन सकेन । यस अघि भएका लगानी सम्मेलन उपलब्धिमूलक हुन नसक्नुको प्रमुख कारण नेपालको राजनीतिक अस्थिरता प्रणाली, ,अस्पष्ट नीति र नेपालको झनझटिलो बाधक ऐन नियमका कारण पहिलेको सम्मेलनले पूर्णता पाउन नसकेको हो । 
नेपालमा राजनीतिक अस्थिरता र स्पष्ट नीतिको अभावका कारण नेपालको जुनसुकै क्षेत्रमा विदेशी लगानीकर्ताहरुका लगानी गर्ने सुरक्षित वातावरणको अवस्था  थिएन ।  जसका कारण भएका लगानी प्रतिवद्धता पनि पूर्णरुपमा कार्यन्वयनमा आउन सकेन । तर अहिले नेपाल संघीय प्रणालीमा गईसकेको छ । नेपाली जनताले स्थिर सरकार पाएको छ । देशको विकासका लागि विकास विरोधी विभिन्न ऐन तथा नीति नियमहरु परिमार्जित हुँदै गएको छ । स्वदेशी तथा विदेशी लगानी नेपालमा भित्राउन, लगानीकर्ताहरुको लगानी सुरक्षित गर्न नेपाल सरकारले अहिले ऐन तथा नियमहरु परिमार्जित गरेका छन् । नेपालको अवस्था पहिले जस्तो धरासायी नरहेकोले नेपालमा लगानी गर्न इच्छुक सबै लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न सरकारले आग्रह गर्दै आएको छ । यसर्थ लगानीका लागि नेपालमा उचित वातावरण बन्दै गएको छ ।नेपालमा आवश्यक लगानी भित्राई नेपालको आर्थिक विकासमा जोड दिदंै लगानीकर्ताहरुलाई प्रोत्साहित गर्नुपर्दछ । लगानी सम्झौतालाई सम्झौतामा मात्र सीमित नबनाई व्यावहारिक रुपमा यसको कार्यान्वयन हुनु पर्दछ । गत वर्षको तुलनामा यस वर्ष लगानी सम्झौता बढेको छ । लगानीकर्ताहरु नेपालमा लगानी गर्न निकै आकर्षित हँुदै गएका छन् ।
 लगानीकर्ताहरुलाई निराश नबनाउन र आएका लागनीको सहि सदुपयोग गर्नका लागी सरकारले तदारुकता देखाउन  आवश्यक छ । एक पटक लगानीकर्ताहरुको लगानीको सहि सदुपयोग भई लगानीकर्तालाई विश्वास दिलाउन सकेको खण्डमा अर्को पटक लगानीका लागि लगानीकर्ताहरु  लगानी गर्न प्रोत्साहित हुन्छन्  । त्यसैले जो कोहीले पनि सरकारको सकारात्मक पक्षलाई सफताको बिन्दुमा पु¥याउन सबैले हातेमालो गर्न आवश्यक छ । हामीले सबैले हालै आएको लगानीको सहि सदुपयोग गर्न सरकारलाई सहयोग गरे नेपालले छिटै विकासले मुहार फेर्न सकिन्छ भन्ने विश्वास छ । तसर्थ नेपालमा लगानी ल्याउने उचित वातावरण हुनु पर्दछ । 

प्रतिक्रिया