भर्खरै

शिवश्री हाइड्रोपावरले ३३ लाख ५१ हजार कित्ता आइपीओ बिक्री गर्दै

  • प्रकाशित मिति : Fri-20-Dec-2075
  • - Admin
title

काठमाण्डौं,चैत ।  शिव श्री हाइड्रोपावरले ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने भएको छ । 
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता शेयर पनि थप गरेर सर्वसाधारणलाई कुल ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । 
 
बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ । कम्पनीले यसअघि स्थानीयलाई १४ लाख ७६ हजार ४०० कित्ता आइपीओ निष्कासन गरेकोमा ३ लाख ३९ हजार ८३० कित्ता शेयर मात्र बिकेको थियो 
क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । शिवश्रीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावटको उपर चाकु ’ए‘ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । । शिवश्रीको आइपीओमा सिद्धार्थ क्यापिटले प्रबन्धकको काम गर्नेछ । 

प्रतिक्रिया