भर्खरै

इलेक्ट्रिसियन संघ १२ औं वर्षमा प्रवेश

  • प्रकाशित मिति : Fri-20-Dec-2075
  • - रुद्रकुमारी श्रेष्ठ
title

 काठमाण्डौ, चैत । नेपाल इलेक्ट्रिसियन संघ स्थापनाको १२ औं  वर्षमा प्रवेश गरेको छ । २०६४ सालमा स्थापना भएको यस संघ गत शुक्रबार देखि  १२ औँ  वर्षमा प्रवेश गरेको हो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष भीमलाल श्रेष्ठले संघलाई अघि बढाउनका लागि सहयोग गर्दै आएका कार्यसमिति सदस्य, संघमा आवद्ध सदस्यहरु लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउँदै आएको संघ, संस्थाहरुप्रति कृतज्ञाता व्यक्त गर्दै आगामी दिनमा संघलाई  व्यवस्थित र मर्यादित बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा उनले इलेक्ट्रिसियनहरुलाई सुरक्षित ढंगले सचेत  भई काम गर्न आग्रह समेत गरेका थिए । संघमा हाल एक हजार एक सय २० सदस्यहरु आवद्ध छन् । 

प्रतिक्रिया