विद्युतीय व्यवसायी संघद्धारा हावाहुरीबाट प्रभावितलाई राहत वितरण

  • प्रकाशित मिति : Fri-20-Dec-2075
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौ, चैत । काठमाण्डौ विद्युतीय व्यवसायी संघ र पर्सा विद्युतीय व्यवसायी संघले संयुक्त रुपमा आइतबार साँझ आएको हावाहुरीबाट प्रभावित बासिन्दालाई राहत वितरण गरेको छ । राहत नपाएका अतिप्रभावित बासिन्दालाई संघले संयुक्त रुपमा मंगलबार खाद्यान्न, लत्ताकपडा, त्रिपाल र बत्ती बाल्नका लागि लिड बल्ब, स्वीच, तार होल्डर लगायतका अति आवश्यक राहतका सामग्री वितरण गरेको हो ।
 
काठमाण्डौ विद्युतीय व्यवसायी संघका कार्यालय सचिव निरज पोखरेलका अनुसार हावाहुरी प्रभावित बारा जिल्लाका फेटा गाउँपालिका वडा नं ३ पुरैनिया,वडा नं ६  र खुरवा प्रसौनीका  प्रभावित बासिन्दा लाई खाद्यान्न, लत्ताकपडा, त्रिपाल र बत्ती 
बाल्नका लागि लिड बल्ब, स्वीच, तार होल्डर लगायतका अति आवश्यक राहात सामग्री वितरण गरेको बताए । सामाजिक कार्य अन्र्तगत काठमाण्डौ र पर्सा विद्युतीय व्यवसायी संघ दुवैले संयुक्त रुपमा करिब एक लाख ५० हजार रुपैयाँ बराबरका राहत सामग्री वितरण गरेको  उनले जानकारी दिए । काठमाण्डौं विद्युतीय व्यवसायी संघका उपाध्यक्ष सरोज कुमार रेग्मीको नेतृत्वमा राहत वितरण गरेको उनले बताए । उनका अनुसार संघका कार्यकारी सदस्यहरु श्रीलाल श्रेष्ठ,ओमप्रकाश जोशी र पर्सा विद्युतीय व्यवसायी संघका अध्यक्ष कृष्ण पटेल लगायतका सम्पूर्ण टिमको सहभागितामा राहत वितरण गरिएको छ ।  

प्रतिक्रिया