भर्खरै

वाग्ले समाजको साधारण सभा तथा अधिवेशन सम्पन्न

  • प्रकाशित मिति : Sat-21-Dec-2075
  • - Admin
title
काठमाण्डौ, चैत । वाग्ले समाजको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । गत  शनिबार समाजको केन्द्रिय कार्यालय  बाल्मिकि विद्यापिठ काठमाण्डौमा  समाजको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । 
समाजका निवर्तमान अध्यक्ष हरिराज वाग्लेको सभापतित्वमा सम्पन्न भएको उक्त साधारण सभा तथा अधिवेशनमा प्रमुख अतिथि प्रदेश नं ३ का सभासद् गीता वाग्ले, विशेष अतिथि पूर्वमन्त्री झलनाथ वाग्ले, सिटिईभिटिका सदस्य सचिव पुष्परमण वाग्ले, जिल्ला न्यायधिश ऋषिकेश वाग्ले, राजनीतिज्ञ (प्राग्गिंम) नारद भारद्धाज वाग्ले, पूर्व अध्यक्ष  विश्वराज वाग्ले, डा.मुकुन्दराज पाथिक वाग्ले अतिथिहरुको उपस्थिति रहेको थियो ।   
कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष हरिराज वाग्लेले समाजले गर्दै आएका गतिविधि बारे जानकारी गराएका थिए । कार्यक्रमको मन्तव्यका क्रममा प्रमुख अतिथि, अतिथि तथा पूर्वअध्यक्षहरुले समाजको औचित्य माथि प्रकाश पार्दै अब समाज कमजोर छैन, हामी सबैले तन मन र धन दिएर केन्द्रमा आफ्नै जग्गा खरिद गरी कूल मन्दिर एवं समाजको सचिवालय बनाउन ढिला गर्न नहुने र यसका कार्यका लागि कसैको मुख नताकि वाग्ले बन्धुहरुबाट नै आवश्यक रकम जम्मा गरी कार्य सम्पन्न गर्नु पर्ने औंल्याए  । यसका लागि अतिथिहरुबाट आजिवन सदस्यता ग्रहण गर्नुका साथै केही रकमसमाजलाई  प्रदान गरेका थिए । 
कार्यक्रममा समाजका कोषाध्यक्ष रामचन्द्र वाग्ले समाजको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै  बाँकी वक्यौता छिटै बुझाउन बाँकी बन्धुहरुलाई अनुरोध गरेका थिए । कार्यक्रममा जेष्ठ नागरिकहरुलाई दोसल्लाका साथै प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । 
महेन्द्रराज निर्विरोध निर्वाचित 
वाग्ले समाज नेपालको केन्द्रीय कार्य समितिको अध्यक्ष पदमा महेन्द्रराज वाग्ले निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै प्रथम उपाध्यक्ष पदमा विश्वनाथ शर्मा वाग्ले, उपाध्यक्ष पदमा राजेन्द्र कुमार वाग्ले, महासचिव मनवल्लभ वाग्ले, सचिव रेखा वाग्ले, कोषाध्यक्ष वाग्ले र कार्यकारिणी सदस्यहरुमा शिव प्रसादवाग्ले, यदुराज वाग्ले, चन्द्रकुमार वाग्ले, लीला वाग्ले, गोविन्द वाग्ले, शुजिता वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।   
 
  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago