औद्योगिक पहुँचमार्ग निर्माणका लागि बन क्षेत्र प्रयोग गर्न स्वीकृत
- प्रकाशित मिति : Sat-21-Dec-2075
- - रुपा तुलाधर

काठमाण्डौ, चैत । औद्योगिक पहुँचमार्ग निर्माणका लागि बन क्षेत्र प्रयोग गर्न सरकारले स्वीकृत दिएको छ । धादिङको नौबिसे स्थित यूनाइटेड सिमेण्टस् प्रा.ली सम्म जाने आउने औद्योगिक पहुँचमार्ग निर्माणका लागि बन क्षेत्र प्रयोग गर्न स्वीकृत दिएको हो ।
सिंहदरबार स्थित सञ्चार तथा सुचना मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा पहुँचमार्ग निर्माण तथा सञ्चालन गर्नका लागि धादिङ जिल्लाको धुनीबेशी नगरपालीका ९ मा रहेको पोखरी डाँडा सामुदायिक बन को ०.१७ हेक्टर राष्ट्रिय बन प्रयोग गर्न स्वीकृत दिएको सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए ।